काठमाडौं । जिल्ला सहकारी संघ सिन्धुपाल्चोकको ३०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघका अध्यक्ष दिपक बिक्रम थापाको सभापतित्व तथा संघका संस्थापक अध्यक्ष भुपेन्द्रबहादुर थापाको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष कृष्णभक्त नेपाललाई सम्मान गरीएको छ । संघले सभामा सर्वाधिक शेयर खरिद गर्ने सहकारी संस्थाहरू, आत्मनिर्भर बचत तथा ऋण सहकारी, राम्चे बचत तथा ऋण सहकारी, शुभप्रभात बचत तथा ऋण सहकारी, लाई कदरपत्र समेत प्रदान गरिएको थियो ।
सभामा संघका निवर्तमान अध्यक्ष कृष्णभक्त नेपाल, बागमती प्रदेश सहकारी संघका संचालक तथा जिल्ला कफी सहकारी संघ सिन्धुपाल्चोका अध्यक्ष मन्दु थापा, बहुउद्देश्यीय सहकारी संघ सिन्धुपाल्चोकका अध्यक्ष सिके चौलागाईं, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिब सुरन्द्र तिवारी, नेपाल प्रेस युनियन सिन्धुपाल्चोकका उपाध्यक्ष निरज चौलागाईं लगायतको उपस्थिति रहेको थियो ।
Leave a comment