हाइलाइट

नाम मात्रका प्रतिनिधि तोक्ने काम बन्द गर्नुपर्छ : नेफ्स्कून बरिष्ठ उपाध्यक्ष ढकाल

नाम मात्रका प्रतिनिधि तोक्ने काम बन्द गर्नुपर्छ : नेफ्स्कून बरिष्ठ उपाध्यक्ष ढकाल :: Sahakari Akhabar

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)का बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आफूले प्रतिनिधि लिएका संस्थालाई नै बिर्सनेखाले प्रतिनिधि चयन गर्नुनहुने बताएका छन् ।

सहकारी संघ संस्थाले चिनजानको भरमा संस्थाको प्रतिनिधि पठाउने र उसले संस्थाप्रति उत्तरदायीत्व नलिने भएकोले त्यस्तो कार्य रोक्नुपर्ने बताएका हुन् ।

शनिबार बनेपामा मुख्य कार्यालय रहेको श्री मनकामना बचत तथा ऋण सहकारी संस्थाको २८ औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्ष ढकालले सहकारी संघ संस्थाले संस्थामा योगदान गरेको ब्यक्तीलाई नै प्रतिनिधि चयन गर्नुपर्ने बताएका हुन् ।

उनले प्रतिनिधिले प्रारम्भिक सस्थाको जिम्मेवारीबाट पन्छिन नपाइने हुँदा सस्थाले आफ्नो प्रतिनिधि छान्दा सस्थाले चयन गरेको प्रतिनिधिले अभियानको नेतृत्व लिनसक्ने र अभियानलाई दिशानिर्देश गर्नसक्ने हुनुपर्ने बताए ।

नेता बन्ने स्वार्थमा जुनसुकै संस्थाबाट पनि प्रतिनिधि लिएर आउने आफ्नो स्वार्थ पुरा गर्ने तर सहकारी अभियानलाई वेवास्ता गर्ने प्रवृति देखिएकोले प्रतिनिधि चयनमा सहकारीले सोच्नुपर्ने बताए ।

उनले समुदायका नागरिक नै सहकारीका सदस्य, संचालक, अभियन्ता हुने हुँदा अभियन्ताहरुबाट प्रतिनिधित्व भएको सस्थामा समस्या नआउनुपर्ने तर धेरैजसो तिनै संस्थामा समस्या देखिएकोले हामीले प्रतिनिध छनोटमै गल्ती गरेका छौं भन्ने लाग्छ, उनले भने ।

सभामा संस्थाका अध्यक्ष बालकृष्ण दाहालले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको काभ्रे, भक्तपुर र काठमाडौंमा गरि ७ वटा सेवाकेन्द्रमार्फत ८ हजार ८ सय ९६ सदस्यलाई वित्तियलगायतको सेवा दिइरहेको जनाए ।

संस्थामा २५ करोड २२ लाख ९६ हजार शेयरपूँजी, १ अर्व ५९ करोड, ९५ लाख ४८ हजार बचत तथा १ अर्व ७८ करोड ८९ लाख ३२ हजार ऋण लगानी रहेको जनाइएको छ ।



Leave a comment