काभ्रे । बनेपामा रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारीको बनेपा जनमैत्री सेवाकेन्द्रले श्री शिक्षा सदन माविमा “विद्यालयमा बुसा कार्यक्रम” गरेको छ । असोज १७ गते, बुधबार संस्थाले विद्यार्थीसंग सहकारी शिक्षा कार्यक्रम सम्पन्न गरेको हो । संस्थाका सचिव जयराम थापाको संयोजकत्वमा आयोजना गरिएको कार्यक्रमको बनेपा जनमैत्री सेवाकेन्द्र प्रमुख अशोक खत्रीले सहजिकरण गरेका थिए ।
कार्यक्रममा विद्यार्थीलाई वित्तीय साक्षरता, बुडोल सामुदायिक साकोस र सहकारीको बारेमा जानकारी दिइएको थियो । कार्यक्रममा संस्थाका कर्मचारी सुशान्त दाहाल, सुरक्षा सहयोगी दिवाकर सुवेदी तथा विद्यालयका प्रधानाध्यापक लक्ष्मण दाहाल साथै ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
Leave a comment