हाइलाइट

सज्जन महिला सहकारीको वार्षिक साधारण सभामा सदस्यलाई सम्मान

सज्जन महिला सहकारीको वार्षिक साधारण सभामा सदस्यलाई सम्मान :: Sahakari Akhabar

काठमाडौं । सज्जन महिला बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । असोज १३ गते संस्थाको १४औं वार्षिक साधारण सभासभामा सदस्यहरुलाई सम्मान गरेको हो । संस्थाले ज्येष्ठ सदस्य, उद्यमि महिला, असल सदस्य, असल ऋणी, असल बाल बचतकर्ता र उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको हो ।

संस्थाकी अध्यक्ष सीमा पुरीको सभापतित्वमा सम्पन्न सभामा सचिव सचिव कमला खनाल बोगटीले समितिको तर्फबाट संस्थाको आव २०७९र८० को वार्षिक प्रतिवेदन र कोषाध्यक्ष मञ्जुरा बजगाईंले आव २०७९र८० को आर्थिक प्रतिवेदन तथा चालु आवको अनुमानित बजेट पेस गरेका थिए ।

संस्थाको गत असार मसान्त सम्म १ हजार ८ सय ५१ जना शेयर सदस्य तथा शेयर पुँजी १ करोड ६१ लाख ७९ हजार रुपैयाँ पुगेको जनाइएको छ । यसैगरी संस्थाको बचत ९ करोड ८७ लाख ३१ हजार रुपैयाँ र ऋण लगानी ९ करोड १४ लाख ६२ हजार रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा १ करोड ३ लाख २१ हजार ८ सय ५१ रुपैयाँ पुगेको जनाइएको छ ।

अध्यक्ष पुरीले सदस्यहरुलाई  संस्थाले कति मुनाफा कमायो वा लाभांश वितरण र्गयो भन्ने कोणबाटमात्र नभई संस्थाले कस्तो सेवा दियो, मागेको बेला बचत फिर्ता र्गयो कि दिएन, आवश्यक पर्दा ऋण दियो कि दिएन र अन्य सामाजिक उत्तरदायित्व निर्वाह र्गयो कि गरेन भन्ने पक्षबाट पनि मुल्याङ्कन गर्न आग्रह गरिन ।

उनले साधारण सभामा उपस्थित शेयर सदस्यहरुलाई संस्थाको कार्यक्षेत्र बूढानीलकण्ठ नगरपालिका भित्रका सबै वडामा विस्तार गर्नका लागि आवश्यक प्रकृया अगाडि बढाउनका लागि विनियम संशोधन गर्ने कार्यमा सहयोग गर्न अनुरोध गरिन ।

उनले आर्थिक कारोबारका अलावा संस्थाले ज्येष्ठ नागरिक तीर्थाटन कार्यक्रमलाई सहजीकरण गर्ने, संचालक, कर्मचारी र सदस्यलाई विभिन्न तालिम प्रदान गर्ने, जगेडा कोष वृद्धि गर्न विभिन्न कार्यक्रम गर्ने, स्थानीय तहसंग सहकार्य गरेर सदस्य लक्षित कार्यक्रम संचालन गर्ने लगायतका योजना तय गरेको बताइन् ।



Leave a comment