हाइलाइट

घामपानी सहकारीका सदस्यलाई सम्मान

घामपानी सहकारीका सदस्यलाई सम्मान :: Sahakari Akhabar

पोखरा । चिप्लेढुङ्गा स्थित घामपानी बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभामा सदस्यहरुलाई सम्मान गरिएको छ । शुक्रबार संस्थाका अध्यक्ष वीरेन्द्र नारायण विजुक्छेको अध्यक्षतामा सम्पन्न सभामा संस्थामा सक्रिय भुमिका खेली विभिन्न माध्यामबाट योगदान गर्ने व्यक्तित्वहरुलाइ सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा सक्रिय सदस्य सम्मान बुद्ध गुरुङ्ग, शुभकामना शाक्य ताम्राकार रहेका छन् । त्यसैगरी उत्कृष्ट कारोवार सम्मान पुतली भट्टराई, सुनिल तिवारी, सुक बहादुर जलारीले पाएका छन् । जेष्ठ सदस्य सम्मानबाट शंकर देवकोटा, शोभाचन्द्र बराल सम्मनीत भएक हुन । यसरीनै उत्कृष्ट कर्मचारीमा सिर्जना अधिकारी सम्मानीत भएकी छन् ।

कार्यक्रममा अध्यक्ष विजुक्छे लेखा समिति संयोजक गणेश बहादुर अधिकारी र कोषाध्यक्ष किरण बरालले प्रतिवेदन पेश गरेका थिए । सभामा शोभाचन्द्र बराल, निर्मल जोजिजू र भूमि आयोग कास्कीका अध्यक्ष गंगा प्रसाद पोखरेलले शुभकामना मन्तव्य राखेका थिए । संस्थामा १ हजार बढी सदस्य रहेको संस्थाका प्रवन्धक प्रवन्धक रविन्द्र तिवारी तिवारीले बताए उनुभयो ।



Leave a comment