हाइलाइट

नेचुरलका सदस्यलाई पिपुल्स लाईफकेयर अस्पतालमा विषेश छुट

नेचुरलका सदस्यलाई पिपुल्स लाईफकेयर अस्पतालमा विषेश छुट :: Sahakari Akhabar

काठमाडौं । नेचुरल बचत तथा ऋण सहकारी संस्थाका सदस्यलाई पिपुल्स लाईफकेयर अस्पताल, शंखरापुरमा उपचारमा विषेश छुट हुनेभएको छ । संस्थाले अस्पतालसंग छुट दिने सम्वन्धमा सम्झौता गरेको छ । आईतबार नेचुरल सहकारीको तर्फबाट प्रमुख कार्यकारी प्रमुख विकल्प पाठक र अस्पतालका प्रमुख डा. राजन लुईटेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।

सहकारी संस्थाले जारी गरेको सदस्यता परिचयपत्र, सदस्यता प्रमाणपत्र वा सिफारीसको आधारमा अस्पताले प्रदान गर्ने सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको जनाइएको छ । इमरजेन्सी सेवा, बिशेष सेवा, भिडियो एक्सरे–रे, एक्सरे–रे, ल्याब, इसीजी, बिरामी भर्ना, प्रसुति सेवा, परिवार नियोजना कपर्टी र जेनरल ओपीडीमा २० प्रतिशत छुर र फार्मेसीमा ७ प्रतिशत छुट दिने सम्झौता भएको छ । संस्थाले यस अघि पनि काठमाडौंका विभिन्न अस्पतालसँग सहकार्य गरी सदस्यहरुलाई छुट प्रदान गर्दै आएको छ ।



Leave a comment