नवलपरासी । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का बरिष्ठ अपाध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्य सहकारी सस्थाका अमूल्य पूँजि भएको बताएका छन् । उनले सहकारीको अमूल्य पूँजी भनेको शेयर सदस्य भएको हुनाले सदस्य सन्तुष्ट बनाउनु संस्थाको कर्तब्य रहेको बताएका छन् ।
आइतबार नवलपरासीको बर्दघाटमा रहेको हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्थाको १६ औं बार्षिक साधारण सभाको जिमिरेभार सेवाकेन्द्रको सदस्य भेलालाई सम्बोधन गर्दै बरिष्ठ अपाध्यक्ष ढकालले सदस्यको समुचित ब्यबस्थापनबाट मात्र सफलता असफलताको मापन हुने बताए ।
हाम्रो सुपर साकोसको सल्लाहकार समेत रहेका ढकालले सबै सेयर सदस्यहरुको सन्तुष्टिबाट मात्र सहकारीको सफलता मापन हुनेहुँदा सदस्य सन्तुष्टि सबैको पहिलो लक्ष्य हुनुपर्ने बताए । उनले यहिकुरा विषयगत संघहरुले पनि मनन गर्दै कार्यक्षेत्र भित्रका सदस्य संस्थाहरुको सन्तुष्टिलाई आफ्नो प्राथमिकताको क्षेत्र बनाउन अनुरोध गरे ।
संस्थाका उपाध्यक्ष सावित्री दुवाडिको सभापतित्वमा भएको पहिलो सेबाकेन्द्र स्तरीय भेलामा संस्थाका प्रवन्धक बिष्णु बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । तीनवटा सहकारी एकिकरण भई बनेको हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था नेफ्स्कूनबाट संचालन भएको स्थरीकरण कार्यक्रम प्रोवेसन ब्राण्ड प्राप्त संस्था हो । संस्थाले ५ वटा एकाइगत साधारणसभा गरी असोज २० गते माइन्यूट प्रमाणीकरण सभा गर्ने प्रवन्धक बस्नेतले जानकारी दिए ।
संस्थाको जिमिरेभार सेवाकेन्द्रमा असोज १४ गते, पञ्चनगर सेवाकेन्द्रमा १५ गते, भटौलिया सेवाकेन्द्रमा १६ गते, एकता महिला सेवाकेन्द्रमा १७ गते र मुख्य कार्यालयका सदस्यहरुकोलागि १८ गते सदस्य विस्तारित भेला हुनेछ । त्यसैगरी असोज २० गते माइन्यूट प्रमाणिकरण भेला सम्पन्न हुने संस्थाका अध्यक्ष खेम सुवेदीले जानकारी दिए ।
यस्तो छ संस्थाको भाद्र महिना सम्मको वित्तिय विवरण
संस्थाले भाद्र महिनासम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार संस्थामा ३ करोड १० लाख ७ हजार ६०० रपैंयाँ शेयर पूँजी तथा २४ करोड ७५ लाख २२ हजार ४०३ रुपैंयाँ बचत रहेको जनइएको छ । त्यसैगरी संस्थामा १ करोड ५० लाख १४ हजार ७०४ रुपैंयाँ जगेडा कोष, १ करोड ९३ लाख १३ हजार ५५३ रुपैंयाँ अन्य कोषमा रहेको छ।
संस्थाले २६ करोड ७७ लाख ३० हजार ७५६ रुपैंयाँ ऋण लगानीमा रहेको जनाएको छ । संस्थामा कूल संस्थागत पूँजी १ करोड ५९ लाख ९१ हजार ६८९ रुपैंयाँ तथा ३३ करोड ५ लाख ३६ हजार ३५७ रुपैंयाँ कुल सम्पति रहेको जनाएको छ । संस्था संग १६.१२ प्रतिशत अर्थात ३ करोड ९८ लख ९१ हजार ७८५ रुपैंयाँ तरला रहेको जनाएके छ । ५ हजार २१० जम्मा सदस्य रहेको संस्थामा १ हजार ६३० जनाले ऋण सेवा लिएको जनाइएको छ ।
Leave a comment