हाइलाइट

समझदारी साकोसको निर्वाचन सहितको साधारणसभा सम्पन्न, अध्यक्षमा बस्नेत

समझदारी साकोसको निर्वाचन सहितको साधारणसभा सम्पन्न, अध्यक्षमा बस्नेत :: Sahakari Akhabar

विराटनगर । उर्लाबारी–४ मा रहेको समझदारी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा जीवन बस्नेत चयन भएका छन् । शनिबार सम्पन्न संस्थाको १३ औं वार्षिक साधारणसभाले बस्नेतको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत् चयन गरेको हो । बस्नेत यसअघि संस्थाको सचिव पदमा रहेका थिए ।

सञ्चालक समितिको उपाध्यक्षमा विमला दाहाल भट्टराई, सचिवमा दिनेश पोख्रेल र कोषाध्यक्षमा धनपति तिम्सिना चयन भएका छन् । त्यसैगरी सञ्चालक सदस्यमा प्रेमप्रसाद ढुंगाना, नवराज भट्टराई, खेमकुमार गौतम, राधिका निरौला, कमला श्रेष्ठ, टिकाराम रिजाल र लालबहादुर बुढाथोकी चयन भएका छन् ।

साधारणसभाले लेखा सुपरीवेक्षण समितिको संयोजकमा दुर्गा भट्टराई तथा सदस्यहरुमा अञ्जना पोख्रेल र कल्पना दाहाल रहनुभएको निर्वाचन समिति संयोजक तथा संस्थाका पूर्वअध्यक्ष ज्ञाननाथ निरौलाले जानकारी दिए ।

सहकारीका अध्यक्ष शेखरनाथ दाहालको अध्यक्षता तथा जिल्ला बचत संघ मोरङका अध्यक्ष प्रेमप्रकाश कोइरालाको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा विभिन्न विधाका उत्कृष्ट शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । साधारणसभामा प्रस्तुत बार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सभाले पारित गरेको छ ।

सहकारीको शेयरपुँजी ५२  लाख ८१ हजार ९ सय रुपैया रहेको छ भने बचत १ करोड ९५ लाख ७० हजार ८४८ रुपैया ३८ पैसा रहेको छ । सहकारीको जगेडा कोषमा २६ लाख ९९ हजार १०८ रुपैया ८१ पैसा रहेको छ । सहकारीले सदस्यहरुलाई २ करोड २६ लाख ९७ हजार ३५० रुपैया ऋण लगानी गरेको छ ।



Leave a comment