चीना थापा, विराटनगर । लेटाङ बचत तथा ऋण सहकारी संस्थाको ३० कार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले साधारण सभाले २०८० साल भित्रै एटिएम मेशिन राख्ने निर्णय पारित गरेको छ । संस्थाले भारतमा समेत प्रयोग गर्न मिल्नेगरी भिसा कार्ड प्रदान गरेको छ ।
सहकारीले असोज ३ गते ६०.२८ प्रतिशत शेयर सदस्यहरुको सहभागितामा साधारण सभा गरेको थियो । सहकारीले साधारण सभामा भएका विभिन्न निर्णयहरुलाई असोज १२ गते एक कार्यक्रमको आयोजना गरी प्रमाणिकरण गरेको छ । संस्थाले विभिन्न ५ स्थानमा एकाइगत सभा सम्पन्न गरी शुक्रबार निर्णयको माईन्ट प्रमाणिकरण सभा गरेको हो ।
सभाले २०७९ / ०८० को बार्षिक प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, बाह्य लेखापरिक्षकको प्रतिवेदन,प्रस्तावित बजेट तथा कार्यक्रम,लेखा परिक्षकको नियुक्ती तथा पारिश्रमिक तोक्ने, आन्तरिक नीति, कार्यविधि तथा निर्देशिका पारित लगायतका प्रस्तावहरुलाई पारित गरेको सहकारीका सचिव नरेन्द्रराज घिमिरेले जानकारी दिए ।
सहकारीले शेयर सदस्यको मृत्यु हुँदा परिवारमा प्रदान गरिने राहत १ लाख रुपैया पुर्याएको जनाएको छ । सदस्य शिक्षा, कर्मचारी तालिम, सहकारी अवलोकन लाई समेत प्राथमिकतामा राखेको सचिव घिमिरेले बताए।सहकारीले बृहत संस्था निर्माणका लागि अधिक सदस्य भन्ने नारालाई आत्मसाथ गर्दै विपन्न बर्ग सम्म सहकारीको सदस्यता पहुँच पुर्याउने लक्ष्य राखेर निशुल्क सदस्यताको समेत ब्यवस्था गरेको सहकारीका अध्यक्ष गोपाल बाराकोटीले जानकारी दिए ।
सहकारीले १५ प्रतिशत लाभांस वितरण गर्ने निर्णय पनि पारित गरेको छ । सहकारीमा ३ हजार २८४ जना सदस्य रहेकमा यसलाई बढाएर ४ हजारभन्दा बढी पुर्याउने लक्ष्य रहेको उनले बताए । “सन्तुस्ट सदस्य, सक्षम साकोस’’ भन्ने मुल नाराका साथ सञ्चालन भएको सहकारीले आर्थिक बर्ष २०७९ / ८० मा १ करोड ६० लाख ८९ हजार २२३ रुपैया ६६ पैसा नाफा कमाएको छ । ७ करोड ९६ लाख ७६ हजार ०१३ रुपैया ७० पैसा आम्दानी गरेको सहकारीले ६ करोड ३५ लाख ८६ हजार ७९० रुपैया ०४ पैसा खर्च गरेर उक्त नाफा कमाएको हो ।
सहकारीले आर्थिक बर्ष ०७९ / ८० मा ३४ लाख ७३ हजार ४८९ रुपैया ४८ पैसा नेपाल सरकारलाई राजस्व तिरेको छ । संस्थाले नेफ्स्कूनको स्तरीकरण कार्यक्रम प्रोवेशन ब्राण्ड प्राप्त गरेको छ । सहकारीले संस्था र सदस्यहरुको सम्वन्ध सुमधुर रहोस् भन्ने भन्ने उदेश्यले सदस्यहरुबाट हरेक दिन सुझाव लिने गरेको छ । जन्मदिनको अवसरमा शुभकामना दिदै सुझाव लिने गरेको अध्यक्ष बाराकोटीले जानकारी दिए ।

सहकारीले सुत्केरी सदस्य भेटघाट तथा शिशु दर्शन कार्यक्रम, काजक्रिया सहयोग खर्च, चौरासी खर्च वितरण, ग्रिनकार्ड वितरण कार्यक्रम, रेमिटान्स सेवा, माृबाईल बैंकिङ, एटिएम र इ–बिल भुक्तानी सेवा, खान पुगोस् दिन पुगोस् कार्यक्रम, संस्थागत विकास तालिम, डेङ्गु रोग सम्वन्धि सचेतना कार्यक्रम, जेष्ठ सदस्य तिर्थाटन / अवलोकन भ्रमण कार्यक्रम, रक्तदान कार्यक्रम, आँखा शिविर कार्यक्रम, वित्तिय साक्षरता कक्षा सञ्चालनमा सहकार्य, संस्था सहारा कार्यक्रम, दम्पती स्वागत कार्यक्रम लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
सहकारीका अध्यक्ष बाराकोटीको अध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङका अध्यक्ष प्रेमप्रकाश कोईरालाको प्रमुख आतिथ्यता रहेको थियो सभामा प्रमुख अतिथि कोईरालाले निति, विधि र सुशासनमा चलेका कुनै पनि सहकारीलाई कुनै समस्याले नछोएको बताए ।
‘सदस्य भन्दा पनि ग्राहक खोज्ने, थोरै बचत भन्दा ठूलो निक्षेप खोज्ने, थोरै ऋण लगानी भन्दा ठूलो कर्जा लगानी गर्ने र सहकारीको सिद्धान्त विपरित सञ्चालन भएका सहकारीमा समस्या देखिएको हो’, उनले भने, ‘सानो बचतमा विश्वास गर्ने, सहकारीमा सदस्इ बनाउने र सानो सानो ऋण लगानी गरेका कुनै पनि सहकारीलाई कुनै पनि युद्ध, कोरोना आर्थिक मन्दि केहीले छोएको छैन । झन राम्रोसँग सञ्चालन भईरहेका छन् र उनीहरुमा केहीको समस्या पनि छैन ।’
अहिले सहकारीमा देखिएको समस्या तरलता अभाव, आर्थिक संकटबाट आएको समस्या नभई निति, विधि, सुशासन र सिद्धान्तभन्दा बाहिर रहेर सहकारी सञ्चालन गर्दको परिणाम रहेको उनले बताए । सहकारी भनेको सदस्यले देखिने र भेटिने गरि सञ्चालन हुनुपर्ने उनको भनाई छ ।
Leave a comment