नवलपरासी। नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी संस्थाहरु समुदायको हितकारी हुनुपर्ने बताएका छन्।
बर्दघाट नगरपालिका भानुनगरमा मुख्य कार्यालय रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको ३१ औं बार्षिक साधारण सभामा बरिष्ठ उपाध्यक्ष ढकालले सहकारी, सदस्य र समुदाय हिकालागि हुनुपर्ने बताएका हुन् ।
संस्थाका अध्यक्ष कुलप्रसाद आचार्यको सभापतित्वमा सम्पन्न संस्थाको ३१ औं बार्षिक साधारण सभामा अतिथि ढकालले सहकारी सस्थाले समुदायको प्रतिनिधित्व गर्ने हुँदा यसको नेचर, उद्देश्य, कार्य समुदायको हितकारी हुनु पर्ने बताए ।
उनले समुदायको स्तरउन्नती भनेको नै सदस्यहरुको आर्थिक सामाजीक र सास्कृतिक रुपान्तरण भएको बताए । सहकारी विशुद्ध सामाजिक सस्थाका रुपमा पूजनीय हुदैआएकोले सहकारकिो गाम्भिर्यतालाई स्थानीय तहले बुझ्नुपर्ने बताए ।
सभामा संस्थाका ब्यवस्थापक यमलाल खरेलले संस्थाको बार्षिक आर्थिक विवरण प्रस्तुत गरेका थिए । संस्थाका झटौलिया, गोपिगञ्ज,बासाबसही र बर्दघाटमा सेवाकेन्द्र रहेका छन् ।
Leave a comment