हाइलाइट

अष्टलक्ष्मी साकोसको १७ औं वार्षिक साधारणसभा सम्पन्न

अष्टलक्ष्मी साकोसको १७ औं वार्षिक साधारणसभा सम्पन्न :: Sahakari Akhabar

विराटनगर । मोरङको पथरी शनिश्चरे १ रहेको अष्टलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो१७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सहकारीकी अध्यक्ष दुर्गा सुवेदी दंगालको अध्यक्षतामा भएको साधारण सभामा सहकारीकी सचिव सचिव सिर्जना राईले  प्रगति  प्रतिवेदनतथा  भावि कार्ययोजना सभामा प्रस्तुत गरेकी थिईन भने आर्थिक प्रतिवेदन तथा आगामी अनुमानित बजेट सम्वन्धि प्रतिवेदन कोषाध्यक्ष जानुका श्रेष्ठले प्रस्तुत गरेकी थिईन ।

प्रस्तुत प्रतिवेदनका अनुसार सहकारीको शेयरपुँजी १ करोड ३४ लाख ४५ हजार ९०० रहेको छ छ भने बचत ८ करोड ७९ लाख ३६ हजार ९५४  रुपैया ९० पैसा रहेको छ । सहकारीको ऋण लगानी ८ करोड ४९ लाख ७६ हजार २८७ रुपैया रहेको छ भने जगेणा कोष तथा अन्य कोषमा १ करोड ७७ लाख ४९ हजार ५४२ रुपैया ६३ पैसा रहेको छ । सहकारीको तरलता २  करोड ८९ लाख ९ हजार ३७९ रुपैया ६९ पैसा रहेको छ ।

अष्टलक्ष्मी साकोस महिलाहरूद्वारा मात्र सञ्चालित साकोस हो ।  सहकारीमा २ हजार १ सय ९७ जना शेयर सदस्य रहेका छन् । साधारणसभामा सहकारीकी व्यवस्थापक विमला घिमिरेलाई सम्मानित गरिएको थियो भने  असल बचतकर्ता, ऋणिहरुलाई पनि सम्मान गरिएको थियो ।  सभामा लेखा समितिको प्रतिवेदन संयोजक शोभा चौहानले प्रस्तुत गरेकी थिईन ।



Leave a comment