हाइलाइट

सूर्यज्योती साकोसको निर्वाचन सहितको साधारणसभा सम्पन्न, अध्यक्षमा दाहाल 

सूर्यज्योती साकोसको निर्वाचन सहितको साधारणसभा सम्पन्न, अध्यक्षमा दाहाल  :: Sahakari Akhabar

विराटनगर । सुन्दरहरैंचा १० स्थित सूर्यज्योती बचत तथा ऋण सहकारी संस्थाले आफ्नो  १७ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले सहकारीको अध्यक्षमा युवराज दाहाललाई सर्वसहमत चयन गरेको छ । त्यसैगरी उपाध्यक्षमा रत्नबहादुर खड्का ,सचिवमा होमनाथ पोखरेल, सहसचिवमा शारदा चौहान र कोषाध्यक्षमा बिष्णुप्रसाद गुरागाई सर्वसहमत चयन भएका छन ।

सहकारीको खुल्ला सदस्यमा नोचनलाल चौधरी, कमलप्रसाद गुरागाई, मेघनारायण शिवाकोटी, महिला सदस्यमा विनु सुवेदी, गोमा श्रेष्ठ, राधा घिमिरे, उमा घिमिरे र विन्दा बास्तोला पनि सर्वसहमत चयन भएका छन ।
सहकारीको लेखा समितीको सयोजकमा टेकप्रसाद खनाल ,सदस्यहरूमा डम्बरबहादुर कार्की र सावित्रा राजावंशी चयन भएका छन ।

१ हजार ५ सय ५७ जना सदस्य रहेको सहकारीको कुल सम्पत्ति १४ करोड ५८ लाख भन्दा बढी रहेको छ ।  सहकारीको खुद मुनाफा ५८ लाख बढी रहेको छ । सहकारीको ऋण लगानी १० करोड ९४ लाख भन्दा बढी रहेको सहकारीले बार्षिक प्रतिवेदमा उल्लेख छ ।



Leave a comment