विराटनगर । मोरङ्गको बेलबारीमा रहेको लालिगुराँस बचत तथा ऋण सहकारी सँस्था लिमिटेडको बचत २८ करोड ८१ लाख २२ हजार ३३७ रुपैया रहेको छ । सहकारीको २९ औँ बार्षिक साधारणसभाको अवसरमा उक्त जनाकारी दिईएको हो ।
सहकारीको शेयरपुँजी ५ करोड ९२ हजार रहेको छ भने ३२ करोड ८ लाख ९ हजार ९१२ रुपैया ऋण लगानी रहेको छ । सहकारीको कोष हिसाब ३ करोड ७८ लाख ९६ हजार ९९८ रुपैया रहेको छ । सहकारीमा ३ हजार १९८ शेयर सदस्य रहेका छन् ।
सहकारीले साधारणसभाको अवसरमा नेफ्स्कूनका पुर्व कोषाध्यक्ष केशव प्रसाद पोख्रेललाई ललिगुराँस सहकारी अवार्डले सम्मान गरेको थियो । उत्कृष्ट बचतकर्ता, उत्कृष्ट असल ऋणी, उत्कृष्ट बाल बचतकर्ता लगायतलाई पनि सम्मान गरेको थियो ।
लालिगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष दुर्गा प्रसाद गौतमको अध्यक्षता तथा प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा बेलबारी नगरप्रमुख दिल प्रसाद राई, जिल्ला सहकारी संघ लिमीटेड मोरङकी उपाध्यक्ष पार्वती बराल, जिल्ला बचत संघ मोरङकी उपाध्यक्ष सीता लामिछाने, बेलबारी १ का वडाध्यक्ष मणी पुलामी मगर, बेलबारी २ का वडाध्यक्ष कृष्ण गुरुङ र बेलबारी ३ का वडाध्यक्ष योगेन्द्र सुवेदी लगायतको सहभागिता रहेको थियो ।
साधारणसभाकै अबसरमा सहकारीले रक्तदान कार्यक्रमको पनि आयोजना गरेको थियो । नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राबिधिक सहयोगमा भएको भएको रक्तदानमा ५६ जनाले रक्तदान गरेको संस्थाका ब्यबस्थापक केशव रुपाखेतीले जानकारी दिए।
सहकारीले बर्षमा २ पटक रक्तदान आयोजना गर्दै आएको छ । सहकारीले हरेक बर्ष आमाको मुख हेर्ने दिन अग्रज महिला सदस्यहरु र बुबाको ममुख हेर्ने दिन अग्रज पुरुष सदस्यहरुलाई सम्मान समेत गर्ने गरेको छ ।
Leave a comment