हाइलाइट

सर्वसम्मत नेतृत्व छनोटको सुझावसहित किसान साकोसका २४ वटै सेवाकेन्द्रमा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

सर्वसम्मत नेतृत्व छनोटको सुझावसहित किसान साकोसका २४ वटै सेवाकेन्द्रमा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । किसान वचत तथा ऋण सहकारी संस्थाको आसन्न निर्वाचनमा सदस्यले सर्वसम्मत नेतृत्व छनोटको सुझाव दिएका छन्। संस्थाको आज सम्पन्न विस्तारीत मञ्च कार्यक्रममा सदस्यले संस्थाको नेतृत्व सर्वसम्मत चयन हुनुपर्ने सुझाव दिएका हुन् ।

असोज ५ गते सर्दि सेवाकेन्द्र र विष्णुनगर सेवाकेन्द्रमा तथा २२ वटा सेवाकेन्द्रमा विस्तारित मञ्च सम्पन्न भएको हो । सेवाकेद्र संयोजकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनीधीहरु प्रमुख अतिथी रहेका थिए ।

सञ्चालक समितिका पदाधीकारी, सेवाकेन्द्र व्यवस्थापन उपसमिती पदाधीकारी, समुह संरचना कार्यक्रम उपसमिती पदाधीकारी र कर्मचारी समेत उपस्थित रहेको विस्तारीत मन्चमा १२ हजार सदस्यको उपस्थिति रहेको थियो ।।

कार्यक्रममा संस्थाको आव वर्ष ८० / ०८१ को वजेट, नीति तथा कार्यक्रम, सदस्यहरूको राय सुझाव संकलन तथा आगामी नेतृत्व चयनका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा सस्थाका अध्यक्ष श्रीहरि चालिसेले सहकारीका आगामी वर्षमा अपनाउने रणनिति, सदस्यहरूको संस्थाप्रतीको सुझाव र सहभागिता एवं आर्थिक एवंम गैर आर्थिक गतिविधीमा नियन्त्रण र चासो राख्नुपर्ने दायित्व रहेको वताए ।

उनले सदस्यको नियन्त्रणमा रहेको किसान साकोस विगत २८ वर्षदेखी सदस्य केन्द्रित कार्यक्रममा केन्द्रीत रहेको बताए । उनले आगामी दिनमा पनि निरन्तर सदस्य केन्द्रीत रहने प्रतिवद्धता व्यक्त गरे ।

सदस्यहरुले निर्वाचन उपसमितीलाई सर्वसम्मत निर्वाचनको प्रकृया पुरागर्न सुझाव समेत दिएका थिए । त्यसैगरी संस्थाले उपलब्ध गराएका सेवाहरु समय सापेक्ष रहनुका साथै उत्कृष्ट समेत रहेको बताए ।

कार्यक्रममा प्रत्येक सेवाकेन्द्रवाट आव ७९ / ८० मा उत्कृष्ट कारोवार गर्ने ११ जना सदस्य, उत्कृष्ट महिला समुह र सो समुहमा आवद्ध सदस्य, उत्कृष्ट कारोवार संस्थालाई पुरस्कार तथा सम्मान गरिएको थियो ।

साथै संस्थाले यसै अवसरमा ७० वर्षभन्दा माथीका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । संस्थाको असोज २७ गते इकाई सभा सम्पन्न र कार्तिक ३ गते प्रतिनिधीहरुद्वारा निर्णय पुस्तिका प्रमाणित गर्ने कार्यकम रहेको छ ।



Leave a comment