काठमाडौं । नवलपरासीको गैंडाकोटमा रहेको किसान बचत तथा ऋण सहकारी संस्थाको निर्वाचन तालिक सर्वजनिक गरेको छ । संस्थाको २८ औं बार्षिक साधरण सभा तथा १२ औं संचालक समिति र लेखा समितिको निर्वाचन कार्यक्रम तालिका सार्वजनिक गरेको हो ।
निर्वाचन तालिका अनुसार असोज ५ र ६ गते मतदाता नामावली प्रकाशन, असोज ६ गते दिउसो १२ बजेदेखि ३ बजेसम्म नामावली दावी बिरोध कार्यक्रम रहेको छ । त्यसैगरी असोज ६ गते बेलुका ५ बजे अन्तिम नामावली प्रकाशन, असोज ७ गते दिउँसो १२ बजेदेखि ३ बजेसम्म उमेदवारको दरखास्त आव्ह्वानको कार्यक्रम रहेको छ ।
त्यसैगरी असोज १५ गते ३ बजेसम्म उमेदवारहरु बिच सहमतीको प्रयास र ३ बजेदेखि ३ः३० सम्म उमेदवारहरुको नामावली प्रकाशन कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ । असोज १५ गते ५ बजे उमेदवारहरुको अन्तिम नामावली प्रकाशन र असोज २० गते इकाइ १ र असोज २७ गते इकाइ २ मा मतदान र मत गणना कार्यक्रम तय भएको समितिले जनाएको छ । संस्थाको असोज ६ गते सबै सेवाकेन्द्रमा एकै दिन विस्तारित मञ्च हुने र असोज २० गते इकाइगत साधारण सभा हुने र असोज २७ गते माईन्यूट प्रमाणिकरण सभा हुने जनाइएको छ ।
Leave a comment