काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीमा ब्यवस्था भएका कोषहरुको सही सदुपयोग गर्नुपर्ने बताएका छन् । उनले सहकारी ऐन विनियमले ब्यवस्था गरेको सहकारीका कोषहरु सदस्य हितका भएकोले यसलाई उद्देश्य अनुरुप परिचालन गर्नुपर्ने बताए ।
रामेछाप जिल्ला वचत तथा ऋण सहकारी संघको आयोजना तथा करदाता सेवा कार्यालय रामेछापको प्राविधिक सहयोगमा जिल्लाका साकोसहरुका लागि दुई दिनको कर तथा कोष व्यवस्थापन तालिममा समापन सत्रको प्रमुख अतिथि रहेका ढकालले ऐन नियम बमोजिम कर दायित्वलाई समयमै सम्वन्धित कार्यालयमा वुझाउने दायित्व साकोसरुको रहेको बताए ।
उनले सहकारी ऐन नियमवलीले व्यवस्था गरे बमोजिमको कोष छुट्याई उक्त कोषहरुलाई उद्देश्य अनुरुप परिचालन गर्ने कुरामा अभियानको विमती नरहेको बताए । सहकारी हाम्रो हो भन्ने भावनाको विकास गरी सदस्यहरुलाई सहकारी प्रतिको अपनत्व महसुस हुनेगरी काम गर्न सकेमा सहकारीमा समस्या कहिले नआउने उनको भनाइ थियो । सहकारीका समस्यामा आफूले निरन्तर आवाज उठाइरहेको उनले बताए ।
रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहालको अध्यक्षतामा सम्पन्न तालिमको उद्धघाटन सत्रको प्रमुख अतिथि रामेछाप जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुंगेल रहेका थिए । कार्यक्रममा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कूनका ) सचिव गोविन्द काफ्लेको विषेश अतिथ्यता रहेको थियो ।
सचिव काफ्लेले अहिले साकोसको स्थायित्व र विश्वसनियता जगाउन लागिपरेको बताए । उनले साकोस अभियानलाई सफल बनाउन सबै सँगै अघि बढ्नुको विकल्प नरहेको बताए । तालिममा रामेछाप जिल्लाका ४० वटा सहकारीवाट ६८ जनाको सहभागिता रहेको थियो ।
Leave a comment