हाइलाइट

ज्योतिपुञ्ज सहकारीको जगेडाकोषमा ११ करोड

ज्योतिपुञ्ज सहकारीको जगेडाकोषमा ११ करोड :: Sahakari Akhabar

काठमाडौं । नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाको जगेडाकेषमा ११ करोडको हाराहारीमा रकम रहेको छ । संस्थाले प्रकाशन गरेको भदौ महिनाको वित्तिय विवरण अनुसार संस्थाको जगेडाकोषमा १० करोड ९१ लाख ८८ हजार ८१० रुपैंयाँ रहेको जनाएको छ ।

त्यसैगरी संस्थाको विभिन्न कोषहरुमा १ करोड ८ लाख १७ हजार ३९ रुपैंयाँ रहेको छ । संस्थाको शेयरपुँजी ८ करोड ५ लाख १० हजार ५०० रुपैंयाँ, ८० करोड ६५ लाख ११ हजार २८५ रुपैंयाँ बचत रहेको जनाइएको छ । संस्थाले १ अर्व ४४ लाख ४८ हजार २१८ रुपैंयाँ लगनीम रहेको र १५ करोड ६२ लाख ९ हजार ४०५ रुपैया तरलता रहेको जनाएको छ ।

संस्थासंग १९.३६ प्रतिशत तरलता रहेको छ । संस्थासंग ११ करोड ७४ लाख ८४ हजार २०० कूल संस्थागत पूँजी र १ अर्व ३० करोड २६ लाख ८८ हजार ६८८ कुल सम्पति रहेको विवरणमा उल्लेख छ । संस्थाका ३ हजार ८ सय ९३ सदस्यमध्ये २६४ जनाले संस्थासंग कर्जा सेवा लिएको जनाइएको छ । संस्थाका कुमारीपाटी, गोठाटार र लुभुमा सेवाकेन्द्र संचालनमा रहेका छन् ।



Leave a comment