हाइलाइट

सहकारीलाई आफ्नो नीजि ब्यबसाय बनाएकोले बदनाम भए

सहकारीलाई आफ्नो नीजि ब्यबसाय बनाएकोले बदनाम भए :: Sahakari Akhabar

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) तथा  ज्योति मिर्मिरे सामुहिक साकोसका अध्यक्ष उद्धव सापकोटाले सहकारीलाई आफ्नो नीजि ब्यबसायका रुपमा संचालन गरेकाले बदनाम भएको बताएका छन् ।

काभ्रेको पनौतीमा रहेको ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी सस्थाको बुधबार सम्पन्न २४ औं बार्षिक साधारण सभामा उनले सहकारी मार्फत सदस्यहरुको आर्थिक सामाजिक र साँस्कृतिक उन्नयनको कार्य गर्नुपर्नेमा आफ्नो नीजि ब्यबसाय सरह संचालन गरेकोले बदनाम भएको बताएका हुन् ।

उनले केही सहकारीका संचालक र व्यवस्थापनका कारण बचतकर्ताहरुले आफूले राखेको बचत फिर्ता पाउन नसक्नाले सहकारी क्षेत्रकै बदनाम हुन पुगेको बताए । ज्योति मिर्मिरे साकोस बागमती प्रदेशमा नै उत्कृष्ट सहकारी भएकाले ढुक्कसँग कारोबार गर्न सदस्यहरुलाई आग्रह पनि गरेका थिए ।

सभामा पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि भण्डारीले सहकारीहरु सहकारीको ऐन नियम र कानुन अनुसार सञ्चालन भएकाहरुमा कुनै समस्या नभएको बताए । व्यक्तिगत रुपमा सञ्चालन भएका सहकारीहरुमा समस्या आएको उनको भनाई थियो ।

कार्यक्रममा सचिब बुद्धसिंह थापाले आर्थिक वर्ष २०७९ / २०८० को वार्षिक प्रतिवेदन र कोषाध्यक्ष पूर्णराम तुलाधरले आर्थिक प्रतिवेदन तथा भीमसेन केसीले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले संस्थाले नवदुलही स्वागत, सदस्य स्वास्थ्य सुरक्षण, गर्भवती पोषण, बालबालिका  जन्मउत्सव, सहकारी शिक्षा शिविर संचालन गर्दैआएको बताए । उनले ऋण बिमा, पशु तथा बालीबिमा, आधुनिक प्रविधिको उच्चतम प्रयोग, स्वास्थ्य शिविर, विभिन्न सिपमूलक तालिम, सामूहिक कृषिमा लगानीलगायतका सदस्यमुखी कार्यक्रमहरु गर्दै आएको जानकारी दिए ।

कुल १६ हजार ७ सय ४९ जना शेयर सदस्य रहेको संस्थामा१० करोड ९० लाख ५२ हजार १ सय रुपैंया शेयर पूँजी र ७७ करोड ३७ लाख ३० हजार ३ सय ७१ रुपैयाँ बचत रहेको जनाएको छ । त्यसैगरी संस्थाले ८५ करोड ७९ लाख १२ हजार ५ सय ७७ रुपैयाँ ऋण लगानी गरेको जनाएको छ ।

संस्थाको पनौतीमा मुख्य कार्यालय संगै विभिन्न ७ वटा सेवा केन्द्र बाट सेवा प्रदान गर्दै आएको जनाइएको छ । कार्यक्रममा बर्षको उत्कृष्ट ऋणी, बचतकर्ता, शेयर खरिदकर्ता, बाल बाल बचतकर्ता, सुझावकर्ता, कर्मचारी, उच्च पदस्थ सदस्य, उत्कृष्ट सहकारीकर्मिलाई सम्मान समेत गरेको छ ।



Leave a comment