काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले ब्याजदर परिवर्तन गरेको छ । संघले असोज १ गतेदेखि लागुहुनेगरी बचत तथा ऋण सेवाको ब्याजदर परिवर्तन गरेको जनाएको छ । संघले सूचना जारी गरी बचतमा ५.५ प्रतिशत देखि १०.५ प्रतिशतसम्म ब्याजदर तोकेको हो ।
त्यसैगरी संघले लगानी गर्ने ऋण सेवामा ११ प्रतिशतदेखि १२.७५ प्रशितसम्म ब्याजदर तय गरेको जनाएको छ । संघले तरलता ब्यवस्थापन कर्जा ११ प्रतिशत देखि १२.५ प्रतिशतसम्ममा लगानी गर्ने जनाएको छ । १ वर्षे आवधिक बचतमा १०. ५ प्रतिशत ब्याजदर कायम गरेको छ ।
संघले परिवर्तित ब्याजदर नयाँ र नविकरण हुने ऋणमा कायम हुने जनाएको छ । त्यसैगरी नियमित मासिकरुपमा ऋणको ब्याज बुझाएमा ब्याजदरमै ०.२५ प्रतिशत छुट दिने जनाएको छ ।

Leave a comment