काठमाडौं । पोखराको वुद्धचोकमा रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको जगेडा कोषमा साढे अठार करोड बढी रकम रहेको जनाएको छ ।
संस्थाले प्रकाशन गरेको भाद्र मसान्तसम्मको वित्तिय विवरण अनुसार संस्थामा १८ करोड ५२ लाख ३४ हजार रुपैयाँ जगेडा कोषमा रहेको जनाएको हो ।
संस्थाको प्रकाशित वित्तिय विवरण अनुसार ९ हजार ४१ जना सदस्य मध्ये १ हजार ४३९ जना सदस्यलाई १ अर्व ७७ करोड ४१ लाख ५५ हजार रुपैयाँ ऋण लगानी गरेको छ ।
त्यसैगरी संस्थाको शेयर पूँजी २१ करोड ८ लाख ५० हजार रुपैयाँ तथा १ अर्व ६४ करोड १ लाख ६९ हजार रुपैयाँ बचत रहेको जनाएको छ।संस्थाको विभिन्न कोषमा १५ करोड ८७ लाख ६४ हजार रुपैयाँ रहेको छ ।
संस्थाको कूल संस्थागत पूँजी १८ करोड ७० लाख ६४ हजार र कूल सम्पति २ अर्व २९ करोड ५२ लाख ३३ हजार रुपैयाँ रहेको जनाएको छ। संस्थामा २६.२० प्रतिशत अर्थात ४२ करोड ९६ लाख ६७ हजार रुपैयाँ रहेको प्रकाशित विवरणमा उल्लेख छ ।
Leave a comment