काठमाडौं । सिमाक्षेत्रबाट हुने अवैध दुग्ध कारोबार रोक्न दुग्घ संघहरुको नेतृत्वमा अनुगमन समिति गठन गर्न केन्द्रीय दुग्ध सहकारी संघले निर्देशन दिएको छ । संघले प्रेस विज्ञप्ती जारी गरि सिमा क्षेत्रका जिल्ला दुग्घ संघहरुको नेृत्वमा अनुगमन समिति गठन गरी जिल्ला प्रशासन तथा सुरक्षा निकायसंग समन्वय गरी केन्द्रलाई जानकारी गराउन भनेको छ ।
संघको भदौ २४ गते बसेको बैठकले भारतको बोर्डर आसपासका जिल्लाका विभिन्न ठाँउबाट विभिन्न माध्यामबाट कच्चा दूध तथा दुग्धजन्य पदार्थ अवैधरुपमा नेपाल आउने गरेकोले नेपालमा मिल्क होलिडे हुने सम्भावना बढ्ने सम्भावना हुँदा जिल्ला संघहरुलाई अनुगमन समिति गठन गरी त्यस्तो कार्य रोक्न भनेको हो ।
संघले विज्ञप्तीमा देशमा १८७२ दुग्ध उत्पादक सहकारी संस्थाले ६ लाख परिवारबाट दैनिक ९ लाख लिटर दूध संकलन गरी दैनिक ६ करोड रुपैयाँ शहरको पूँजी गाउँ भित्र्याइरहेको जनाएको छ । कुल जिडिपीमा दूध उत्पादन क्षेत्रको ६ प्रशित योगदान तथा ३० लाख कृषकको जिविकोपार्जन र हजारौं रोजगारी सिर्जना गरेको जनाएको छ । कुल ९ प्रतिशत जनता पशुपालन पेशामा आवद्ध भएको र अहिले दूध विदेशमा समेत निर्यात गर्नसक्ने अवस्था रहेपनि सिमा क्षेत्रमा हुनेगरेको दूधको अवैध कारोबार नरोकिएको संघले जनाएको छ ।
Leave a comment