कोशी प्रदेशका ५६१ सहकारीले बुझाएनन् बार्षिक प्रतिवेदन,  सबैभन्दा बढी झापाका सहकारी

कोशी प्रदेशका ५६१ सहकारीले बुझाएनन् बार्षिक प्रतिवेदन,  सबैभन्दा बढी झापाका सहकारी :: Sahakari Akhabar

चीना थापा, विराटनगर । प्रदेश सकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशले बार्षिक प्रतिवेदन नबुझाउने सहकारीहरुको नाम सार्वजनिक गरेको छ । आफ्नो नियमन क्षेत्राधिकारभित्र रहेका सहकारी संस्थाहरुले आर्थिक बर्ष २०७८ / ७९ को लेखापरिक्षण प्रतिवेदन तथा साधारण सभा प्रतिवेदन नबुझाउने सहकारीहरुको नाम सार्वजनिक गरेको हो ।

बार्षिक प्रतिवेदन पेश नगर्ने सहकारी संघ / संस्थालाई प्रदेश सहकारी ऐन बमोजिम दर्ता खारेज गर्नेसम्मको ब्यवस्था भएको निमित्त रजिष्ट्रार हरिबहादुर खत्रीद्धारा हस्ताक्षरित  सूचनामा उल्लेख गरिएको छ । प्रतिवेदन नबुझाउने सबैभन्दा बढी झापाका सहकारी  छन् ।

कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले सार्वजनिक  गरेको सूचना अनुसार प्रतिवेदन नबुझाउनेमा सबैभन्दा बढी झापाका सहकारी रहेका छन् । प्रतिवेदन नबुझाउने ५६१ वटा सहकारीमा झापाका १५६ वटा सहकारी छन् ।

त्यसैगरी मोरङ्गका ८९, सुनसरीका ५७, धनकुटा २२, इलाम ४७, संखुवासभा २१, पाँचथर ३३, तेह्रथुम २५, खोटाङ्ग २३, ओखलढुङ्गा १९, ताप्लेजुङ्ग १४, उदयपुर २२, सोलुखुम्बु १२ र भोजपुरका २१ वटा सहकारी संस्था रहेका छन् ।

धेरै विषयगत संघहरुले पनि बार्षिक प्रतिवेदन नबुझाएको सूचनामा उल्लेख  गरिएको छ । कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयको नियमन भित्र १ हजार ६४ वटा सहकारी पर्दछन् । कतिपय सहकारी एकिकरण भएर पनि संख्या घट्ने क्रम जारी छ ।

तर, सहकारीको नियम विपरित सञ्चालन भएका सहकारी संख्थाहरुको संख्या पनि उत्तिकै बढीरहेको देखिन्छ । प्रतिवेदन नबुझाउनेमा बचत तथा ऋण सहकारी नै बढी रहेका छन् भने कृषि सहकारीहरु पनि धेरै मात्रामा रहेका छन् ।



Leave a comment