काठमाडौं । नवलपरासीको गौंडाकोटमा रहेको किसान बचत तथा ऋण सहकारी संस्था निर्वाचन सहितको साधारण सभाको तयारीमा लागेको छ ।
संस्थाले सूचना प्रकाशन गरी निर्वाचन सहितको साधारण सभाको मिति तय गरेको हो । संस्थाले प्रकाशन गरेको सूचना अनुसार संस्थाको २८ औं बार्षिक साधारण सभा एकाइगतरुपमा सम्पन्न हुने भएको छ ।
असोज ६ गते सबै सेवाकेन्द्रमा एकै दिन विस्तारित मञ्च हुने र असोज २० गते शनिबार गैंडाकोट एग्रोमार्टमा बिहान ११ बजेदेखि विजयनगर, हिमचुली, मुकुन्दपुर, अमरापुरी, समृद्धि भरतपुर, सप्तरंगी, सौहार्द, सहज, सप्तगण्डकी, नारायणगढ तथा हर्कपुर सेवाकेन्द्रको एकाइगत सभा हुनेछ ।
त्यसैगरी जनमुखी, पञ्चदृष्टि, कावासोती, सम्मृद्धि, कुनाको पञ्चवटी, अरुणखोला, दुम्किवास, भविश्य निर्माण, देवज्योती, पिठौली र विष्णुनगर सेवाकेन्द्रको असोज २० गते शनिबार बिहान ११ बजे थारु राष्ट्रिय संग्रालय कावासोतीमा सभा हुने जनाएको छ ।
त्यसैगरी असोज २७ गते माईन्यूट प्रमाणिकरण सभा र नर्वाचन कार्यक्रम तय गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत जिवलाल तिवारीले जानकारी दिएका छन् । मुख्य कार्यालय सहित २७ वटा सेवाकेन्द्र रहेको संस्थाका ८६ हजार सदस्य रहेको जनाइएको छ ।
Leave a comment