भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले एक दिवसिय सहकारी सम्बन्धी अवधारणागत गोष्ठी सम्पन्न गरेको हो।
गोष्ठीमा नेपाल वित्तीय प्रतिवेदन मान, सामाजिक सुरक्षा कोष, स्थिरीकरण कोष र कर्जा जानकारी केन्द्रको विषयमा छलफल भएको थियो ।
कार्यक्रममा संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले संघमा आबद्ध सदस्यहरुले कानूनको परिपालनामा जोड दिएको कारण हालको विषम परिस्थितिमा पनि संस्थामा कुनै समस्या नआएको बताए । उनले स्थिरीकरण कोष अनिवार्य होइन तर समस्या परेको बेला मलमपट्टी हुने बताए ।
कर्जा सूचना केन्द्रले सस्ंथालाई ऋण लगानी पुर्व सचेत गराउनुको साथै भाखा नाधेको ऋणको साँवा व्याज असुलीमा टेवा पुर्याउने बताए । सहकारीमा एनएफआर एस लागु गर्दा सहकारी सफा र स्वच्छ हुने कर्मचारीहरु दक्ष हुने र लेखा विश्वस्तरीय लाखाजुको भनाइ थियो ।
काठमाण्डौं जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष दिपक पनेरुले स्थिरीकरण कोष समस्याग्रस्त सहकारीलाई राहत स्वरुप दिइने नभइ नीतिगत ठूलो सहकारीमा समस्या पर्दा बैंकलाइ नेपाल राष्ट्र बैंकले सहयोग गरेजस्तैं केन्द्रीय संघले सम्भावित जोखिमबाट कोषमा योगदान गर्ने संस्थाहरुलाई बचाउन स्थापना भएको बताए ।
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरी बंजगााईले प्राविधिक विषय भएकोले सहकारीमा कार्यरत व्यवस्थापक तथा लेखापाललाई तालिम दिएर दक्ष बनाउनुपर्ने बताए ।
दोलखा जिल्ला बचत संघका अध्यक्ष भुमिराज खड्काले सामाजिक सुरक्षा कोष सानो सहकारीलाई पनि दायित्व न्युन हुने, रोजगार गुमेपनि आय आउने, बिरामी हूदाँ राहत मिल्ने, बुढेसकाललाई साहारा, दुर्घटनाको लागि ओखती र अशक्त हुदाँको साहास, कर्मचारीको लागि सुविधा राम्रो रहेको बताए ।
काभ्रेपलाञ्चोक जिल्ला बचत संघका अध्यक्ष उदय कायष्ठले कर्जा सूचना केन्द्र सहकारी सस्ंथालाई आवश्यक रहेको, राज्यको कर्जा सूचना केन्द्रमा सहकारीको पहुँच नपुग्दा सहकारीलाई समस्या भएको बताए ।
संघका उपाध्यक्ष हरि बल्लले अहिले सहकारी समस्या नीति नियममा नबसेको कारण, गर्नुपर्ने काम नगरी नगर्नुपर्ने काम गरेकोले देखिएको बताए ।
गोष्ठीमा संघमा आबद्ध सहकारी सस्ंथाका अध्यक्ष र व्यवस्थापक सहीत १५१ जनाको सहभागिता रहेको थियो । गोष्ठीमा प्रस्तुत विषयहरुबाट साझा धारणको विकास गरी उपस्थित सहभागीहरुबाट ७ बुदें निष्कर्ष निकालेको थियो ।
Leave a comment