बिराटनगर । प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवाले ६० वटा सहकारीलाई सम्पर्कमा आउन सूचना जारी गरेको छ ।
बिगत २ बर्ष देखि सम्पर्कमा नआएका तथा अनुगमनको क्रममा पनि नभेटिएका सहकारिहरुको लागि शुक्रबार रजिस्ट्रार कार्यालयले सहकारी संघरसंस्था दर्ता खारेजी प्रकृयाको सार्वजनिक सूचना जारी गरेको हो ।
सूचनामा भनिएको छ ‘यस कार्यालयको नियमन क्षेत्राधिकारभित्रका सहकारी संस्थाहरुको प्रदेश सहकारी ऐन, २०७६ को दफा ६०(१)को व्यवस्था अनुसार नियमित रुपमा बुझाउनुपर्ने साधारण सभाको जानकारी, मासिक तथा वार्षिक प्रतिवेदनहरु लगातार २ वर्ष वा सो भन्दा बढी समय देखि प्राप्त नभएको जनाएको छ ।
सूचनामा कतिपय सहकारी अनुगमनका क्रममा संस्था संचालनमा समेत नदेखिएको हुँदा प्रदेश सहकारी ऐन २०७६ को दफा ७३ बमोजिम निष्कृय सहकारी संघरसंस्थाको सूचिमा समावेश गरी दर्ता खारेज गर्नु नपर्ने कुनै कारण भएमा सोको स्पष्ट कारण सहित जानकारी गराउन भनिएको छ ।



Leave a comment