काठमाडौं । सिरहा, सप्तरी र उदयपुर जिल्लाका साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष तथा प्रबन्धकहरुको क्षमता विकास तथा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगती समीक्षा गोष्ठी सम्पन्न भएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था, शाखा कार्यालय, बर्दिबास र नेपाल कृषि सहकारी केन्द्रीय संघको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
पछिल्लो समय सहकारीमा संस्थाप्रति सर्वसाधारणको विश्वास घट्दै गएपछि बैंक र केन्द्रीय संघले जिल्ला जिल्लामा क्षमता विकास कार्यक्रम संचालन गरिरहेको छ ।
कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तिय संस्था एवम नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठक, संघका महाप्रबन्धक रुद्र भट्टराइ, लघुवित्तका नायव प्रमुख कार्यकारी अधिकृत पृथ बहादुर थापा, सानिमा रिलायन्स लाइफ इन्सुरेन्सका अनोज थापाको उपस्थिती थियो ।
कार्यक्रममा ४३ वटा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष र प्रबन्धकहरुको सहभागितामा रहेको संघले जानकारी दिएको छ ।
Leave a comment