हाइलाइट

सिजेएन पत्रकारिता पुरस्कार बस्नेतलाई, संस्थापक सम्मान ठकुरीलाई 

सिजेएन पत्रकारिता पुरस्कार बस्नेतलाई, संस्थापक सम्मान ठकुरीलाई  :: Sahakari Akhabar

काठमाडौं । नेपाल सहकारी पत्रकार समाजले हरेक वर्ष प्रदान गर्दै आएकोे ‘सिजेएन राष्ट्रिय पत्रकारिता पुरस्कार’ यस वर्ष सहकारी सञ्चार मासिकका कार्यकारी सम्पादक हिरा बस्नेतलाई प्रदान गरेको छ । सिजेएनको १३ औं स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रमका बीच भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले उक्त पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशी २० हजार रुपैयाँ रहेको छ । 

यसैगरी सिजेएनले यस बर्ष संस्थापक सम्मान संस्थाका संस्थापक सदस्य एवं पूर्व कोषाध्यक्ष शर्मिला ठकुरीलाई प्रदान गरेको छ । उनले विगत डेढ दशकदेखि आर्थिक तथा सहकारी बिटमा कलम चलाउँदै आएकी छिन् । सिजेएनले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा संस्थापकहरुलाई सम्मान गर्दै आएको छ ।
 



Leave a comment