हाइलाइट

मैजुबहाल बहुउद्देश्यीयले महिला उद्यमीलाई सहयोग गर्ने 

मैजुबहाल बहुउद्देश्यीयले महिला उद्यमीलाई सहयोग गर्ने  :: Sahakari Akhabar

काठमाडौं । मैजुबहाल बहुउद्देश्यीय सहकारी संस्थाले महिला उद्यमीलाई सहयोग गर्ने भएको छ । संस्थाको १६ औं वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष धनेन्द्र बिमल क्षेत्रीले महिला उद्यमीको प्रोत्साहनका लागि एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे । 

एक करोड ३९ लाख ६१ हजार शेयर पुँजी रहेको संस्थाले गत आर्थिक वर्षसम्ममा ३ करोड ९३ लाख ७४ हजार रुपैयाँ बचत संकलन तथा ५ करोड ७२ लाख १० हजार कर्जा लगानी गरी ५ लाख १२ हजार नाफा गरेको साधारणसभामा जानकारी दिइयो । 

संस्थाले बचत ऋणका अलावा सदस्यहरुको सुविधाका लागि सूपथ मूल्य पसल संचालन गरिरहेको छ । यस्तै रेमिट्यान्स, बिजुली बिल भुक्तानी, फोनको बिल भुक्तानी, एयरलाइन्स टिकट खरिद, मोवाईल रिचार्ज जस्ता सेवा समेत दिदै आएको छ ।

साधारणसभाको अवसरमा शेयर सदस्यका छोराछोरीमध्येबाट एसइइ परिक्षामा उत्कृष्ट अंक ल्याउने अंशु किरण कार्की र मानस ढुंगेललाई साधारणसभामा सम्मान गरेको छ । संस्थाले शेयर सदस्य बिरामी परी ७२ घण्टा हस्पिटल भर्ना भएमा २५ हजार रुपैयाँ र मृत्यु हुँदा किरिया खर्चका लागि १० हजार सहयोग गर्ने गरेको छ । 

प्रत्येक साधारणसभा कुनै पनि मन्दीरको प्रांगणमा गर्ने प्रचलन अनुसार यस वर्षको साधारणसभा दक्षिणकाली मन्दीर परिसरमा गरिएको संस्थाले जानकारी दिएको छ । 



Leave a comment