साना किसानहरुको उत्पादनको बजारीकरणमा एफएओले सघाउने

साना किसानहरुको उत्पादनको बजारीकरणमा एफएओले सघाउने :: Sahakari Akhabar

काठमाडौं । एफएओले साना किसानहरुको उत्पादनको बजारीकरणमा सघाउने भएको छ । एफ ए ओ कन्ट्रि डाइरेक्टर केन सीमीजूले खाद्य सुरक्षा, खाद्य संप्रभुता, उत्पादन र वितरणसंगै साना किसानहरुको उत्पादनको बजारीकरणमा केन्द्रीय संघसंग सहकार्य गर्ने बताएका हुन् ।

कन्ट्रि डाइरेक्टर केनले नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठकसहितको उच्च व्यवस्थापनसंग भेटघाट तथा छलफल गरेका छन् । उनले उद्धेश्य केन्द्रीत काम गर्न सफल भएकोमा नेपाल कृषि सहकारी केन्द्रीय संघ र संघका साझेदार संघ संस्थाहरुलाई धन्यवाद दिँदै केनले नेपालमा साना किसानहरुको आर्थिक उपार्जन मार्फत जीवन रुपान्तरणमा केन्द्रीय संघले काम गरेको बताए ।

उनले खाद्य सुरक्षा, खाद्य संप्रभुता, उत्पादन र वितरणसंगै साना किसानहरुको उत्पादनको बजारीकरणमा समेत केन्द्रीय संघसंग सहकार्य गर्ने बताए । उनले केन्द्रीय संघसंगको सहकार्यलाई निरन्तरता दिने बताए । उनले भने ‘हाम्रो उद्धेश्य मिल्छ किन हामी फरक फरक बाटो हिड्ने त्यसैले एफ ए ओ नेपालकृषि सहकारी केन्द्रीय संघलाई संगसंगै लिएर अगाडि बढ्न चाहान्छ ।’

संघको सदस्य सहकारीहरुले अहिले एकीकृत सहकारी खेती सुरु गरेको बारे चासो राख्दै उनले यसले किसानहरुलाई आय आर्जन बढाउन सहयोग पुग्ने बताए । संघका अध्यक्ष खेमबहादुर पाठकले नेपालको खाद्य सुरक्षा, कृषिजन्य उत्पादनको बृद्धि, बजारीकरण, मूल्यशृंखला लगायतका क्षेत्रमा एफ ए ओले गरेको सहयोग महत्वपूर्ण रहेको बताए ।

उनले किसानले उत्पादन गरेको कृषिजन्य वस्तुहरुको विक्रिवितरणका लागि किसानको आफ्नै बजार नभएको, किसानले आफ्नो वस्तुको मूल्य आफै तोक्ने सक्ने अवस्था नरहेको बताए । किसानहरुलाई ज्ञान, सिप, क्षमतामा अब्बल बनाई आर्थिक उपार्जन मार्फत किसानहरुको जीवन रुपान्तरणमा सहयोग पुग्नेगरी कार्य गर्नुपर्ने अध्यक्ष पाठकले बताए ।

एफ ए ओले हालै प्रदान गरेको एफ ए ओ पाटर्नसिप अवार्डले समग्र नेपाल र नेपालीहरुको आत्मविश्वास बढाएको अध्यक्ष पाठकले बताए । उनले कुनैपनि काम लगनशिल भएर गर्ने हो भने कहिँ न कहिँ मूल्यांकन हुन्छ भन्ने कुरा एफ ए ओ अवार्डले प्रमाणीत गरेको बताए ।

संघका महाप्रवन्धक रुद्र भट्टराईले एफ ए ओ ले अन्तराष्ट्रिय कोदो वर्ष २०२३ घोषणा गरेर स्वास्थ्य, पोषण र उत्पादनमा दिगो प्रभाव पार्ने कार्यमा सहयोग गरेको र यस कार्यमा केन्द्रीय संघले पनि अभियान सञ्चालन गरेको बताए ।



Leave a comment