हाइलाइट

धान र गहुको बीउ उत्पादन गर्दै आदर्श सहकारी 

धान र गहुको बीउ उत्पादन गर्दै आदर्श सहकारी  :: Sahakari Akhabar

काठमाडौं । कैलालीको धनगढीमा रहेको आदर्श बहुउद्देश्यीय सहकारी संस्थाले धान र गहुको बीउ उत्पादन सुरु गरेको छ । अहिले १० बिगाहा जग्गामा किसान संग सम्झौता गरी धानको बीउ उत्पादन गरेको छ भने १ सय ४५ कुइन्टल गहुको बीउ भण्डारणमा रहेको जनाइएको छ ।

संस्थाले बीउ उत्पादक सस्था वा कम्पनीसंग मुल वा प्रमाणित बीउ खरिद गरी बीउमा काम गर्ने कृषक सदस्य छनौट गरेर किसान लाई दिनेगरेको छ । सम्झौतामा संस्थाले बीउ र मलमा लागत रकम शुन्य प्रतिशत ब्याजदरमा उपलब्ध गराउदै आएको संस्थाका प्रवन्धक रुद्र खनालले जानकारी दिए । उनले उत्पादन भएर सस्थाले खरिद गरेपछी किसानले बीउ र मलको लागत रकम फिर्ता पाउने जानकारी दिए । साथै संस्थाले सदस्यहरुलाई प्राबिधिक सल्लाह समेत दिनेगरेको जनाए ।

किसानले सम्झौतामा भएबमोजिम काम गरेमा बजार दर भन्दा १५ प्रतिशत थप नगदै भुक्तानी गरेर घरबाट नै बीउ संकलन गर्ने गरेको छ । संस्थाले बीउ स्टक राखेर ल्याब परिक्षण पछि आदर्श ब्रान्डको ब्यागमा ट्याग सहित बजारमा उपलब्ध गराउँदै आएको छ । संस्थाले सदस्यलाई निशुल्क तरकारीको बीउ पनि बितरण गर्दै आएको जनाएको छ ।

संस्थामा ९२ लाख ४२ हजार ५५३ रुपैंयाँ बचत संकलन, २३ लाख ३९ हजार ४०० रुपैयाँ शेयर पूँजी तथा १ करोड ५ लाख ६६ हजार २९३ रुपैया लगानी रहेको जनाइएको छ । त्यसैगरी संस्थामा २५.५९ प्रतिशत अर्थात २३ लाख ६५ हजार ३३ रुपैंयाँ तरलता रहेको जनाएको छ ।

संस्थाले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार संस्थाको १ करोड ४५ लाख ६४ हजार १०० रुपैयाँ कूल सम्पत्ति रहेको जनाइएको छ । संस्थाका ३४१ जना सदस्य रहेका छन् भने ६९ जना सदस्यले ऋण सेवा लिएका छन् ।
 



Leave a comment