काठमाडौं । काठमाडौंमा बचत तथा ऋण सहकारी संघहरुको आवश्यकता र भुमिका विषयक एकदिने गोष्ठी हुने भएको छ । भदौ १८ गते बचत संघको आवश्यकता र भुमिका विषयक एकदिने गोष्ठी हुने भएको हो ।
गत मंगलबार सातवटा बचत संघका पदाधिकारीहरु बिच एकदिने गोष्ठी तथा सहकारीका समसामायीक विषयमा छलफल भएको थियो । काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, दोलखा र रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तथा पदाधिकारीहरु बिच एकदिने गोष्ठीका साथै सहकारीमा हाल देखिएको समस्याको विषयमा छलफल भएको हो ।
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघमा सहकारीमा हाल देखिएको समस्या ,आन्तरिक तथा बाह्य हस्तक्षेप, अभियानमा देखिएको बिचलनले साकोस अभियानमा पारेको प्रभाव, शुसासनमा देखिएको कमि, सदस्य संस्थालाई दिने सेवा लगायतको विषयमा छलफल भएको ललितपुर बचत संघका अध्यक्ष रामहरी बजगाइले जनाए । उनले सहकारी ऐन २०७४ को कार्यान्वयन, सहकारीमा लागाइएको कर, कार्यदललाई दिने सुझावका विषयमा पनि छलफल भएको बताए ।
Leave a comment