हाइलाइट

सहकारी अखबारकर्मी थापा सम्मानित

सहकारी अखबारकर्मी थापा सम्मानित :: Sahakari Akhabar

विराटनगर । सहकारी अखबार डट कमकी मोरङ संवाददाता चीना थापालाई झापाको मेची बहुउद्देश्यीय सहकारी संस्थाले स्व.गणेशप्रसाद बस्नेत सहकारी पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ । मेची बहुउद्देश्यीय सहकारी संस्थाको २७ औं बार्षिकोत्सव तथा २९ औं साधारणसभाको अवसरमा मंगलबार संवाददाता थापालाई नगद राशी सहित सम्मान गरेको हो । पूर्व अर्थमन्त्री तथा पूर्व गभर्नर डा. युवराज खतिवडाले थापालाई सम्मान गर्दै पुरस्कार प्रदान गरेका थिए ।

थापा विगत एक दशक देखि सहकारीको क्षेत्रमा कलम चलाउँदै आएकी छिन् । सहकारीको अभियानमा देखिएका विकृति विसंगती  तथा सहकारी अभियानका राम्रा पक्षमा कलम चलाएकी थापालाई संस्थाले सहकारी पत्रकारिताबाट सम्मान गरेको हो ।

त्यसैगरी सहकारीले मेची पत्रकारिता पुरस्कारबाट राष्ट्रिय समाचार समितिका झापा संवाददाता राजु पोखरेललाई सम्मान गरेको छ भने दमकको किङ एफएमलाई उत्कृष्ट सञ्चारगृह पुरस्कारबाट सम्मान गरेको छ । 
सहकारीले उत्कृष्ट सेवा केन्द्र, उपसमिति, कर्मचारी, उत्कृष्ट कारोबारकर्ताहरुलाई समेत सम्मान गरेको थियो । 



Leave a comment