हाइलाइट

इश्वर साकोसको साधारण सभामा सदस्यहरुलाई सम्मान

इश्वर साकोसको साधारण सभामा सदस्यहरुलाई सम्मान :: Sahakari Akhabar

विराटनगर । बिराटनगर महानगरपालिका–८ मुख्य कार्यालय रहेको ईश्वर बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

सहकारीका अध्यक्ष धर्मलाल सिंह कोइरीको अध्यक्षामा सम्पन्न साधारणसभामा ७० बर्ष उमेर पुगेका १५ जना जेष्ठ सदस्यहरु र ३ जना उत्कृष्ट शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।

त्यसैगरि सहकारीले अकस्मात मृत्यु भएका ऋणी सदस्य सन्तोष कामतको ऋण मिनाहा गरि मृतककी पत्नि राम वदन मुखिया (कामत) लाई मृत्यु संस्कारका लागि नगद  १९ हजार ४१३ सहयोग गरेको छ ।

त्यस्तै शेयर सदस्यका आफन्तको मृत्यु भएका दुई जनालाई सदस्य राहत कोषबाट जनही  ८ हजार र ५ हजार रकम सहयोग गरेको थियो ।

राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश प्रसाद पोखरेलको प्रमुख आतिथ्यता तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) की सञ्चालक गोमा नेपालको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा आर्थिक वर्ष २०७८ / ०७९ को आयतर्फ १ करोड ५ लाख ६३ हजार ३ सय ४० पैसा ६४ र व्यय तर्फ  १ करोड ४२ लाख ६ हजार ८ सय ३८ पैसा एवम् सम्पत्ति हिसाव तर्फ ११ करोड ९६ लाख २९ हजार ५ सय ५ पैसा अनुमोदनका लागि पेस गरिएको थियो । 

साथै चालु आ.व. २०८० / ०८१ मा शेयर सदस्य संख्या १ हजार ८ सय ६२ जना पुर्याउने लक्ष्य सहकारीको छ । त्यसैगरी शेयर पुँजी १ करोड ७८ लाख ६९ हजार ९ सय रुपैया पुर्याउने लक्ष्य सहित सम्पत्ति  १३ करोड ८७ लाख २५ हजार ३ सय १३ रुपैया , आम्दानी  १ करोड ९५ लाख ९६ हजार ८ सय १ पैसा र खर्च  १ करोड ६२ लाख ८१ हजार २ सय ५६ पैसा १८ गरी ३३ लाख १५ हजार ५ सय ४५ पैसा नाफा सहितको प्रक्षेपित हिसाव सभामा पेस गरिएको थियो ।

सहकारीले सदस्य तथा एकासगोलका परिवारको दिवंगत हुँदा मृत्यु राहत वापत  ५ हजार देखि २० हजारसम्म प्रदान गर्दै आइरहेकोमा चालु आ.व. २०८० / ०८१ का लागि संस्थामा नियमित कारोवार गर्ने र ऋणको नियमित किस्ता भुक्तान गर्दै आईरहेका सदस्यहरुको सुरक्षालाई मध्यनजर गर्दै मृत्यु र पूर्ण तथा आंशिक अपाङ्गताको रक्षावरणका लागि संस्थाको लगानीमा ५ लाखको दुर्घटना बीमा र स्वभाविक जोखिम बहनका लागि सदस्य तथा संस्थाको साझेदारीमा ५० हजारको म्यादी जीवन बीमा गर्ने व्यवस्था मिलाएको छ ।

जसका लागि सदस्यले वार्षिक रुपमा  २ सय मात्र वीमा शुल्क भुक्तानी गनुृपर्छ ।  संस्थामा आवद्ध असल सदस्य, असल ऋणी, असल बालकर्ता, एकल महिला सदस्य, सक्रिय शेयर सदस्य, अनुशासित कर्मचारी, दश जोड दुई र एस.ई.ई. मा उत्कृष्ट ग्रेड ल्याउने सदस्यका छोराछोरीहरुलाई संस्थाको मिति २०८० फागुन २२ गते आयोजना हुने ११ औं वार्षिक उत्सवका दिन सम्मान तथा पुरस्कृत हुने व्यक्तिहरुको विवरण साधारणसभामा प्रस्तुत गरिएको संस्थाका व्यवस्थापक बल बहादुर घिमिरेले बताए ।

बिराटनगर महानगरपालिका, कटहरी गाँउपालिका, जहदा गाँउपालिका र ग्रामथान गाँउपालिकामा कटहरी तथा मिलनचोक गरी दुई सेवाकेन्द्र सहित चार वटा स्थानीय तहमा सेवा सञ्चालन गरेर कारोबार गरिरहेको छ ।



Leave a comment