हाइलाइट

सहारा नेपाल सहकारीको लक्ष्य : युवा सदस्य बृद्धि अभियान चलाउने

सहारा नेपाल सहकारीको लक्ष्य : युवा सदस्य बृद्धि अभियान चलाउने :: Sahakari Akhabar

झापा । बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले युवा सदस्य बृद्धि अभियान चलाउने भएको छ । संस्थाको सम्पन्न ११औं विस्तारित बैठकमा आर्थिक बर्षमा सदस्य बृद्धि अभियान चलाएर युवालाई संस्थामा भित्राउने लक्ष्य लिएको बताइएको हो।

बैठकमा कोशी प्रदेशका ६ वटा जिल्लाका ८० वटा सेवा केन्द्रका उपसमितिका पदाधिकारी सहभागी थिए । संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले चालू आर्थिक बर्षमा सदस्य बृद्धि अभियान चलाएर युवालाई संस्थामा भित्राउने लक्ष्य लिएको बताए । संस्थामा  युथ एकाडेमी खोलेर शिक्षा, स्वास्थ्य, खेलकुद आदिमा अग्रसरता गराउने अगामी योजना रहेको उनले सुनाए ।

संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थाका सहायक निर्देशक ईश्वरप्रसाद भट्टराईले संस्थाको समग्र वित्तीय स्थिति बारे जानकारी दिए । संस्थाका उपनिर्देशक दिनेशबहादुर निरौलाले सञ्चालन गरेको कार्यक्रममा  विभिन्न सेवा केन्द्रमा नियुक्त उपसमितिका संयोजक र सदस्यहरुलाई सम्मान पनि गरिएको थियो ।



Leave a comment