धादिङको धुनिबेशी नगरपालिका–३ मा रहेको जीवनपुर साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हुन् राजेशकुमार रुचाल । बैंक तथा वित्तीय संस्थाको पहँच नपुगेकै बेला साना किसान आयोजनामार्फत सुरु भएको साना किसान अभियानबाट गाउँ गाउँमा वित्तीय पहुँच पुगेको र यसैमार्फत कृषिको ब्यवसायीकरण, लघुउद्यम र किसानलाई आत्मनिर्भर बनाउन ठूलो मद्दत पुगेको उनी बताउँछन् । साना किसान सहकारीले कृषि उद्यमका लागि सहुलियत ब्याजदरमा कर्जा दिने भएकाले सदस्यहरुमा पनि सस्तो ब्याजमा ऋण पाइने संस्थाको रुपमा पहिचाहन बनेको र विश्वास गरेको उनको बुझाइ छ ।
सहकारी अखबारसँगको कुराकानीका क्रममा उनले साना किसान सहकारीहरु पैसाको कारोबारमा मात्र सिमित नभइन पशु बिमा, सदस्य सुरक्षण, मल बिउ बितरण, भेटनरी डाक्टरको सुविधा, सहूलियत मूल्यमा पशु औषधी तथा विषादी वितरण, दूध तथा तरकारी संकलनलगायतका कामहरु गरिरहेको रुचाले बताए ।
तर, शहरी क्षेत्रमा खुलेका सहकारीहरुले आकर्षक ब्याजको प्रलोभन दिएर बचत संकलन गर्ने र त्यो पैसा उत्पादन भन्दा अन्य ठाउमा लगाउदा समस्या परेको उनको बुझाइ छ । नियम कानुन अनुसार चलेका संस्थामा समस्या नभएको भन्दै सदस्यहरुलाई विश्वासमा लिन सहकारी शिक्षा ब्यापक बनाउन समेत उनले सुझाव दिए । प्रस्तुत छ रुचालसँग गरिएको भिडियो अन्तरवार्ता :
Leave a comment