काठमाडौं । बाराको जीतपुर सिमरामा रहेको सानाकिसान कृषि सहकारी संस्थाले साउन मसान्तसम्मको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार संस्थाको जगेडाकोषमा ५ करोड ८६ लाख ५५ हजार ३९८ रुपैयाँ रहेको जनाएको छ । त्यसैगरी संस्थाको अन्य कोषहरुमा रहेको ३४ लाख ५३ हजार ३८० रुपैयाँ रहेको जनाएको छ ।
संस्थामा ३ करोड ४० लाख २४ हजार ८ रुपैयाँ शेयर पूँजी, २६ करोड १३ लाख १२ हजार २१२ रुपैया बचत रहेको जनाएको छ । संस्थाले ४९ करोड ८४ लाख ६ हजार ६६६ रुपैया सदस्यलाई लगानी रहेको जनाएको छ ।
संस्थामा ५८ करोड ६६ लाख ८९ हजार ४६७ रुपैयाँ कूल सम्पति तथा ९ करोड २६ लाख ७९ हजार ४०६ रुपैयाँ संस्थागत पूजी रहेको जनाइएको छ । संस्थाले प्रकाशन गरेको बिवरण अनुसार संस्थामा १७.६२ प्रतिशत अर्थात ४ करोड ६० लाख ५० हजार ८०९ रुपैयाँ तरलता रहेको जनाएको छ । संस्थाका ३ हजार १ सय १ जना सदस्य रहेको जनाइएको छ ।
Leave a comment