काठमाडौं । काठमाडौं महानगरपालिकाको सहकारी विभागको दुई वटा सहकारीको दर्ता खारेज गरेको छ । विभागमा निवेदन दिएका ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था र सुकस बचत तथा सहकारी संस्थाको दर्ता खारेजी भएको हो ।
दुवै सहकारीहरुले दर्ता खारेजीको माग गर्दै निवेदन दिएका थिए । त्यसपछि विभागले सार्वजनिक सूचना जारी गर्दै संस्थाहरुको दायित्व तथा बक्यौता केही भएमा दावी पेश गर्न १५ दिनको समय दिएको थियो । तोकिएको समयभित्र कुनै दावी विरोध नआएपछि विभागले खारेजीको निर्णय गरेको हो ।
महानगरपालिकाको सहकारी ऐन, २०७५ को दफा ६६ को उपदफा १ मा ‘कुनै संस्थाको विनियममा उल्लेखित उद्देश्य तथा कार्य हासिल गर्न सम्भव नभएमा र सदस्यको हित गर्न नसक्ने भएमा साधारण सभाको तत्काल कायम रहेको २ तिहाई बहुमत सदस्यको निर्णयबाट त्यस्तो संस्थाको विघटन गर्ने निर्णय गरी दर्ता खारेजीको स्वीकृतिका लागि समितिले दर्ता गर्ने अधिकारी समक्ष निवेदन दिन सक्नेछ’ भन्ने व्यवस्था छ ।
सूचना :

Leave a comment