हाइलाइट

विकू साकोसको बार्षिकोत्सवमा ८२७ जनाले गरे रक्तदान

विकू साकोसको बार्षिकोत्सवमा ८२७ जनाले गरे रक्तदान :: Sahakari Akhabar

नवलपरासी । विकू बचत तथा ऋण सहकारी संस्थाको ३३औं बार्षिकोत्सवको अवसरमा ८२७ जनाले रक्तदान गरेका छन् । संस्थाले विभिन्न कार्यक्रमहरु गरी बार्षिकोत्सव मनाएको हो । संस्थाले भदौ २ गते शनिवार बृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

संस्थाले चार स्थानबाट बृहत खुल्ला रक्तदान कार्यक्रम गरेको थियो । संस्थाको पूजा सेवाकेन्द्र, विजय विकास स्रोत केन्द्र, अमरापुरी सेवाकेन्द्र र कावासोती सेवाकेन्द्रमा एकैसाथ ८२७ युनिट रगत सङ्कलन भएको थियो ।

पूजा सेवाकेन्द्र परिषरमा ८७, विजय विकास स्रोत केन्द्रमा २०१, अमरापुरी सेवा केन्द्रमा २५८ र कावासोती सेवा केन्द्रमा २८१ जना गरी ८२७ जनाले रक्तदान गरेका थिऐ । रक्तदातालाई संस्थाका अध्यक्ष ओमप्रसाद सापकोटाले धन्यवाद व्यक्त गरेका थिए । 
 



Leave a comment