हाइलाइट

साझा सहकारी हाट बजार सञ्चालनमा

साझा सहकारी हाट बजार सञ्चालनमा :: Sahakari Akhabar

ललितपुर । जिल्ला सहकारी संघ ललितपुरले साझा सहकारी हाट बजार सञ्चालनमा ल्याएको छ । संघको प्रवर्धन केन्द्रमा सहकारी संस्थाहरुले उत्पादन गरेको कृषि उपजहरुको विक्री गर्ने उद्देश्यले शुक्रबारबाट साझा हाट बजार सञ्चालनमा ल्याएको हो ।

हरेक शुक्रबार दिउँसो  १ देखि ६ बजेसम्म र शनिबार बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म बजार सञ्चालन हुने जनाइएको छ ।

‘स्वदेशी उत्पादनको स्थानिय बजार,साझा सहकारी हाट बजार’ भन्ने नाराका साथ सञ्चालनमा ल्याइएको बजारमा स्थानिय सामग्री, घरेलु सामग्री, गेडागुडी, प्राङ्गरिक तथा विषदी रहित तरकारी तथा खाद्यान्न रहने छ ।

सहकारीबाट उत्पादन भएका वस्तुहरुको निरन्तरता दिन संघले प्रवद्र्धन केन्द्रमार्फत विक्री वितरणको लागि स्टलको व्यवस्था मिलाएको छ ।

सिएमडिपी कार्यक्रमबाट सहयोग पाएका सहकारीले गरेको उत्पादन होलसेल मुल्यमा यहाँ पनि विक्री गर्ने उद्देश्यका साथ काम बजार संचालनमा ल्याएको संघले जनाएको छ ।

सिएमडिपी कार्यक्रम गोदावरी नगरपालिका, महाङ्काल गाउँपालिका, कोन्जोस्योम र बागमती गाउँपालिकामा रहेका सहकारीमा लागू गरिएको थियो । ती सहकारीहरुले सदस्यमार्फत च्याउ र सिजन अनुसारको तरकारी उत्पादन गरीरहेका छन्।

सदस्यहरुबाट उत्पादन गरिएको तरकारी अर्गानिक भएको र संघको  प्रवर्धनकेन्द्र मार्फत उपभोक्तामा पुर्याउने लक्ष्य हाट बजारको रहेको छ ।

उत्पादित वस्तुलाइ बजारसम्म ल्याउन संस्थाहरुले यातयातको व्यवस्था गरेका छन् भने सिएमडिपीले पनि कृषि ढुवानीको लागि जिल्ला संघलाइ गाडी व्यवस्था गरिदिएको छ ।

कृषि उपजको विक्रीका लागि सहकारीकर्मी, सदस्य र स्थानियलाइ नै संघले पहिलो प्राथमिकतामा राखेको छ । हाट बजारलाइ निरन्तरता दिन स्थानिय तहसँग सहकार्य  र समन्वय गरेर अगाडि बढ्ने संघको रणनीति रहेको छ । शुक्रबार र शनिबार लाग्ने हाट बजारमा स्थानिय परिकार, हेन्डिक्राफ्ट र तरकारीका स्टलहरु रहनेछन् ।



Leave a comment