बिराटनगर । मोरङको लेटाङ्गमा रहेको लेटाङ्ग बचत तथा ऋण सहकारी सस्थाले आफ्ना मृतक सदस्यको नाममा वृक्षारोपण गरेको छ । मृतक सदस्यको सम्झना स्वरूप नेफ्स्कूनको ३६औं स्थापना दिवसको अवसर पारेर बिहीवार बिरुवा रोपिएको सहकारीले जनाएको छ । सहकारीले लेटाङ नगरपालिका वडा नम्बर ४ वडा कार्यालयपरिसर भित्र वृक्षारोपण गरेको हो ।
फलफूलको ११२, एभोकाडो २०, अनार २५, अमला २५, अम्बक २५, तेजपत्ता १० र चिउरीको ७ बिरुवा रोपिएको सहकारीका ब्यबस्थापक सिताराम न्यौपानेले जानकारी दिए । सहकारीलाई योगदान दिएका सदस्यको सम्झनामा केही गर्नुपर्छ भन्ने उद्देश्यले वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको सहकारीका अध्यक्ष गोपाल बाराकोटिले बताए ।
Leave a comment