वालिङ । वालिङ नगरपालिकामा रहेको अकला नमुना साना किसान कृषि सहकारीले उत्पादन गरेको छुर्पी अमेरिका निर्यात हुदै आएको छ । सहकारीले उत्पादन गरेको छुर्पी काठमाडौँलगायत अमेरिका निर्यात हुदै आएको संस्थाकी प्रवन्धक लक्ष्मी पोख्रेल रेग्मी बताउछिन् ।
स्याङ्जा संगै पर्वतको दक्षिणी भेगबाट समेत सहकारीके दुग्ध संकलन केन्द्रमा कृषकहरुले दुध ल्याउने गरेका छन् । संस्थाले दैनिक ८ सय देखि ११ सय लिटर सम्म दुध संकलन गरी २५ देखि ३० किलो छुर्पी उत्पादन गर्नेगरेको छ । संस्थाले प्रति किलो एक हजार देखि ११ सय रुपैँयासम्ममा छुर्पी विक्री गर्दैआएको छ ।
सहकारीले कृषकहरुबाट दुध संकलन गरेर अन्य प्रकारका परिकारहरु पनि उत्पादन गर्दै आएको छ । पशुपालक कृषकहरुले उत्पादन गरेको दुध संस्थाले खरिद गरेर त्यसबाट छुर्पी, पनिर, दही, नौनी, घ्यू, आइसक्रीम लगायतका वस्तुहरु उत्पादन गर्दै आएको प्रवन्धक रेग्मीले जानकारी दिइन ।
प्रवन्धक रेग्मीका अनुसार सहकारीले आफै दुधबाट बन्ने परिकारहरु बनाएर स्थानीय बजारमा विक्री गर्दै आएको छ । स्थानीय बजारमा मात्रै खपत नहुने उत्पादित वस्तुहरु विक्रीको लागि काठमाडौँ पठाउँने गरिएको छ ।
सहकारीले कृषकहरुलाई विभिन्न प्रकारका अनुदान समेत उपलब्ध गराउदै आएको छ । कृषि पेशा तर्फ किसानलाई आकर्षित गर्दै रोजगारीको सिर्जना गर्ने उद्देश्यले कृषहरुलाई अनुदान दिदै आएको सहकारीका अध्यक्ष पुण्यप्रसाद आर्यालले बताउछन् ।
सहकारीले कृषकलाई प्रति लिटर दुधमा दुई रुपैँया ५० पैशाका दरले अनुदान दिदै आएको छ भने कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरेको छ । यसैगरी विभिन्न प्रकारका विउविजनहरु, घाँसका विरुवा वितरण गर्दै आएको संस्थाले बाख्रापालक किसानलाई बोयर बोका उपलब्ध गराउनुका साथै १५० किलो देखि माथि अदुवा लगाउने किसानलाई प्रति किलो २५ रुपैँयाका दरले अनुदान दिनेगरेको छ ।
संस्थले प्रधानमन्त्री कृषि आनुनिकिरण परियोजना संगको सहकार्यमा गत आर्थिक वर्षमा १० जना किसानलाई भैसी अनुदान कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदान र २८ जना किसानलाई भकारो सुधार कार्यक्रम अन्तरगत अनुदान वितरण गरिएको जनाएको छ ।
२०७५ सालमा स्थापन भएको सहकारीमा २८ सय ५० जना शेयर सदस्य रहेकाछन् । संस्थले कृषकलाई ९ प्रतिशत ब्याजमा ऋण लगानी समेत गर्दै आएको छ । त्यसैगरी चालु आर्थिक वर्षमा पशुधन सुरक्षण कार्यक्रम अन्तरगत निशुल्क पशु विमा कार्यक्रम सञ्चालन गर्ने निणर्य समेत गरेको छ ।
Leave a comment