काठमाडौं । संघिय सरकारको सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रले संचालन गर्ने विभिन्न तालिमहरुका लागि अनलाईन आवेदन माग गरेको छ । केन्द्रले आर्थिक वर्ष २०८०÷०८१ भर संचालन गर्ने तालिमहरुका लागि अनलाईनमार्फत आवेदन आवहन गरेको हो ।
तालिम लिन चाहाने सहकारीकर्मीहरुले केन्द्रको वेवसाईटमार्फत भदौ १५ गतेसम्म रजिष्टर्ड गर्न सक्ने ब्यवस्था गरिएको छ । यस्तै स्थानिय तथा प्रदेश तहका कार्यालयहरुले पनि तालिमका लागि मनोनयन गर्न पाउनेछन् । केन्द्रमा दर्ता भएकाले ब्यक्तिहरुलाई प्राथमिकताका आधारमा तालिममा सहभागि गराउने जारी सूचनामा उल्लेख छ ।
केन्द्रले हाल आधारभुत सहकारी, ब्यवसाय प्रवद्र्धन, सहकारी तथा सहकारी सम्बन्धी ब्यवस्थापन सूचना प्रणाली, सहकारी लेखा तथा वित्तीय विश्लेषण सम्बन्धी तालिम, सहकारी व्यवसाय प्रवद्र्धन तालिम, प्रशिक्षक प्रशिक्षक तालिम, स्थानिय तहमा कार्यरत कर्मचारीलाई सेवाकालिन तालिम सञ्चालन गर्दै आएको छ ।
संघिय सरकार मातहत रहेको केन्द्रले वार्षिक पाँच सय जनालाई तालिम दिदै आएको छ । संघीयता कार्यान्वयनसँगै सहकारी प्रशिक्षण केन्द्रसँग अनुसन्धान नाम जोडिए पनि केन्द्र तालिम कार्यक्रममा मात्र सिमित छ । केन्द्रमार्फत प्रशिक्षणसँगै अनुसन्धानको समेत काम गर्नेगरी ५ वर्षअघि नाम परिवर्तन गरिएको भएपनि हालसम्म एउटा पनि अनुसन्धानको काम भने गर्न सकेको छैन ।

Leave a comment