हाइलाइट

जनउत्थान सहकारीको सामाजिक काममा ११ लाख ८१ हजार खर्च

जनउत्थान सहकारीको सामाजिक काममा ११ लाख ८१ हजार खर्च :: Sahakari Akhabar

रुपन्देही । जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले सामाजिक कार्यमा ११ लाख ८१ हजार ८२३ रुपैंया खर्च गरेको छ । संस्थाले आर्थिक वर्ष २०७९  / ८० मा  सामाजिक कृयाकलाप गर्दै उक्त रकम खर्च गरेको हो।

संस्थाले विद्यालय विकास अक्षय कोषमा १ लाख ५० हजार अनुदान सहयोग गरेको छ । श्री बाल विकास आधारभूत विद्यालय तिलोत्तमा, श्री टिकुलीगढ मावि तिलोत्तमा, र श्री बभनी भुपु सैनिक आधारभूत विद्यालय तिलोत्तमा गरी ३ वटा विद्यालय विकासको लागि अक्षयकोषमा ५० / ५० हजार थप सहयोग गरेको जनाएको छ ।

त्यसैगरी युवा विकास अक्षय कोषमा १ लाख सहयोग गरेको जनाइएको छ  । संस्थाले सम्पुर्ण युवा क्लब, न्यूराइज युवा क्लब, र लिस्नु युवा क्लब गरी ३ वटा युवा क्लवमा युवाहरुको विकासको लागि २५÷२५ हजार आर्थिक सहयोग गरी ५०  ÷ ५० हजारको साझेदारी युवा विकास अक्षयकोष निर्माणमा सहयोग गरिएको जनाएको छ ।

संस्थाले आमा समूह विकास अक्षय कोषमा ३० हजार सहयोग गरेको जनाएको छ । आदर्श महिला समाज, बभनी आमा समूह र दिपज्योति महिला सचेतना समूहलाई आमा समूह विकास अक्षय कोष निर्माणको लागि १५ / १५ हजार आर्थिक सहयोग गरेको छ ।

संस्थाले अभिनास अनाथ आश्रममा १५ हजार थप सहयोग गरेको छ । कोटिहवामा रहेको नेपाल अभिनास अनाथ आश्रमका विद्यार्थीहरुको विकासको लागि अक्षयकोषमा सहयोग गरेको हो । संस्थाले रक्तदान कार्यक्रममा २८ हजार ६५० खर्च भएको जनाएको छ ।

जनउत्थान सिस्टर्स क्लबद्वारा विभिन्न समयमा गरी ३ पटक रक्तदान कार्यक्रम संचालन गर्दा उक्त रकम खर्च भएको जनाएके छ । त्यसैगरी सरसफाई सामाग्री वितरण ८० हजार ८ सय, जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई एक लाख रुपैया बराबरको ५ वटा बेरिकट बनाइ सहयोग गरिएको जनाएको छ ।

त्यसैगरी प्रहरी चौकी ठुटिपिपललाई १४ हजार ९ सय बराबरको कुर्सी कार्पेट टेबल र वडा प्रहरी कार्यालय रुद्रपुरलाई २१ हजार २ सय बराबरको दराज सहयोग गरिएको संस्थाले जनाएको छ । संस्थाले वाउन्नकोट मन्दिरमा १४ हजार ६१६ रुपैया बराबरको २ वटा प्रतिक्षा बेन्ची सहयोग गरेको छ ।

 त्यसैगरी संस्थाले नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार ठुटिपिपललाई १० हजार, इभोलुसन क्लब अफ बुटवललाई ५, हजार गरि जम्मा १५ हजारको आर्थिक सहयोग गरिएको जनाएको छ । मणिग्राम, मुर्गिया, रुद्रैपुर र सुदृढ सेवा केन्द्रमा २९ हजर ३४० खर्च गरि निशुल्क मधुमेह स्वास्थ्य परिक्षण सञ्चालन गरिएको छ ।

लुम्बिनी सेवा केन्द्र अन्तरगत  बुद्धजयन्तीको अवसरमा लुम्बिनी दर्शन गर्न आउने दर्शनार्थीहरुलाई जलदान कार्यक्रममा १२ हजार २० रुपैयाँ सहयोग गरिएको छ । विभिन्न संघ संस्था तथा व्यक्तिहरुको सहयोगार्थ १५ हजार आर्थिक सहयोग तथा अनुदान गरिएको संस्थाले जनाएको छ ।

हरेक सेवा केन्द्रमा १० / १० जना गरि ५० जना प्लस टु तथा ब्याचलर अध्ययनरत विद्यार्थीहरुलाई ५ / ५ हजारको दरले २ लाख ५० हजार रुपैया गरिब तथा जेहन्दार छात्रवृत्ती वितरण गरिएको संस्थाका प्रवन्धक रणबहादुर थापाले जनाएका छन् ।



Leave a comment