हाइलाइट

किसान सहकारीद्धारा सदस्यलाई निशुल्क बिउ वितरण

किसान सहकारीद्धारा सदस्यलाई निशुल्क बिउ वितरण :: Sahakari Akhabar

कैलाली । किसान बहुउद्देयीय सहकारी संस्थाले सदस्यलाइ निशुल्क बिउबिजन वितरण गरेको छ । संस्थाको शाखा कार्यालय बेलौरीले दुइदिने तरकारी खेती सम्बन्धि तालिमको आयोजना तथा निशुल्क बीउबिजन वितरण गरेको हो ।

बेलौरी नगरपालिका वडा नम्बर ४ र ६ मा ६६ जना तथा वडा नम्बर ५ मा ४२ जनालाई २ दिने तरकारी खेती सम्बन्धि तालिम  तथा निशुल्क बीउबिजन वितरण गरेको हो । “सिप सिकौँ आत्मनिर्भर बनौँ” भन्ने मूल नारा सहित सोमबार देखि संचालन भएको तालिम मंगलबार समापन भएको हो ।

संस्थाले बेलौरी नगरपालिका वडा नम्बर ४, ५ र ६ मा रहेका सदस्यहरुलाई दुईदिने तरकारी खेती सम्बन्धि तालिमको आयोजना तथा निशुल्क बीउबिजन वितरण गरेको हो । तालिममा संस्थासंग आवद्ध सदस्यहरुलाई रसायनिक विषादिको प्रयोगलाई निरुत्साहित गर्दै जैविक उत्पादनमा विशेष जोड र कृषिमा आत्मनिर्भर,  माटोको अवस्था बारे प्रशिक्षक तथा कृषि प्राविधिक बिरेन्द्र शाहले जानकारी दिएका थिए ।

मौसम अनुसार कुन जातको तरकारी कसरी लगाउने सम्बन्धि कुनै पनि जानकारी नभएको र सिजन अनुसार कुन तरकारी कसरी लगाउने कुरा तालिममा सिक्ने अवसर मिलेको सहभागी सदस्यहरुले बताएका छन ।संस्थाले बेलौरीमा दुइपटक तरकारी खेती सम्बन्धि तालिम तथा निशुल्क बीउबिजन वितरण गरेको हो ।

आगामी दिनमा बेलौरी शाखाबाट गहुँलगायतका विउबिजनहरु बितरण गर्ने तयारी भैइरहेको तथा कृषिमा आधारित अन्य सिपमुलक तालिमहरु संस्थाले हरेक समयनुसार दिने ब्यावस्था मिलाई रहेको शाखा कार्यालय बेलौरीका प्रमुख बिरेन्द्र प्रसाद जैशीले बताए ।

समापन कार्यक्रमको सञ्चालन सस्थाका कर्मचारी भिमा कुमारी पोखरेलले गरेका थिए भने २ दिने तरकारी खेती सम्बन्धि तालिम तथा निशुल्क बीउबिजन वितरण कार्यक्रममा तिन वटै वडामा अवाद्ध सदस्यहरुको सहभागिता रहेको थियो ।



Leave a comment