हाइलाइट

कोशी प्रोस्कूनको एक दिने गोष्ठी सम्पन्न

कोशी प्रोस्कूनको एक दिने गोष्ठी सम्पन्न :: Sahakari Akhabar

विराटनगर । कोशी प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (कोशी प्रोस्कून) को आयोजनामा सहकारीमा अवसर, चुनौति र अवको बाटो विषयक एक दिवसीय गोष्ठी सोमबार ईटहरीमा सम्पन्न भएको छ । नेफ्स्कूनका सञ्चालक समेत रहेका कोशी प्रोस्कूनका अध्यक्ष  घनश्याम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीमा अवसर, चुनौति र अवको बाटो विषयमा काठमाडौं बचत तथा ऋण सहकारी संघका सञ्चालक कृष्ण प्रसाद आचार्यले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्रमा सहकारीको इतिहास, सहकारीको  वर्तमान अवस्था, सहकारील क्षेत्रलृ हासिल गरेका मुख्य उपलब्धिहरु, सहकारी क्षेत्रका अवसर तथा चुनौतिहरु, सहकारीको नियमन क्षेत्र तथा सहकारीको योगदान र नेपालमा सहकारीको अवको बाटो लगायतका विषयवस्तु समेटिएका थिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेलले सहकारी अभियान विदेशी सहकारी क्षेत्रले अध्ययन गर्ने हाम्रो सहकारी अभियानमा राम्रो उपलब्धि हुँदा हुँदै हामी कहाँ चुक्यौ ? भन्ने प्रश्न खडा भएको बताए । सहकारी अभियान गलत नभएको भन्दै अभियानका केही व्यक्ति खराब भएका कारण समस्या देखिएको उनको भनाई छ । हजारौं सहकारीमा २ प्रतिशतमा देखिएको समस्याले सिंगो सहकारी अभियानलाई असर गरेको पोखरेलले बताए ।

आफैं सञ्चालक र आफै ऋणि भएको सहकारीमा बढी समस्या देखिएको तथा सहकारीका सञ्चालकहरुले पारिवारिक रुपमा परिचाहन गरेको पुजँीका कारण समस्या आएको बताउँदै पोखरेलले सहकारीको विधि विधान, नियमसंगत चलेका सहकारीमा समस्या नदेखिएको बताए ।

त्यसैगरी कोशी प्रदेशका निमित्त सहकारी रजिष्ट्रार हरि बहादुर खत्रीले रजिष्ट्रारको कार्यालयको नियमनभित्र पर्ने १०७७ वटा सहकारी मध्ये ५ सयले प्रतिवेदन बुझाएको जानकारी दिए । १३७ पालिका मध्ये ४२ वटा पालिकाले रिपोर्ट रजिष्ट्रारमा पठाएको पनि उनले जानकारी दिए ।

रजिष्ट्रारको नियामन भित्र पर्ने सहकारीको पुँजी १ खर्व १३ अर्व रहेको र पालिकाबाट प्राप्त रिपोर्ट समेत जोड्दा १ खर्व ४५ अर्व पुँजी रहेको खत्रीले बताए । २१ लाख बढी सदस्य सहकारीमा आवद्ध भएको उनले बताए । उनका अनुसार २० वटा सहकारी विरुद्ध रजिष्टारमा उजुरी परेको छ ।

अन्य प्रदेशको भन्दा कोशी प्रदेशमा सहकारी राम्रो रहेको बताउँदै खत्रीले सहकारी अभियानभित्र केही फोहोर रहेकाले सफा गर्नुपर्ने अवस्था रहेको बताए । कतिपय पालिकाले कोपोमिसको पासवर्ड नै नदिएको पनि उनले जानकारी दिए । खत्रीले एउटै व्व्यक्ति धेरै संस्थामा बस्ने प्रवृति पनि अन्त्य गर्नुपर्ने बताए ।

त्यस्तै महासंघका सञ्चालक शिव डागी, गणेश ढकाल, नेफस्कून सञ्चालक गोमा नेपाल लगायतले वर्तमान सहकारीको बारेमा बोल्दै आवश्यकता भन्दा बढी सहकारी रहेकाले पनि समस्या देखिएको बताउँदै एकिकरणमा जोड दिनुपर्ने बताएका थिए । विधि प्रक्रियामा कमजोर भएका सहकारीमा मात्र समस्या देखिएको उनीहरुको भनाई थियो । समस्या पनि आफैले निम्त्याएकाले समाधान पनि आफैले गर्नुपर्ने उनीहरुको भनाई छ ।

कार्यक्रममा बोल्दै कोशी प्रदेश सहकारी संघका सचिव भवानी दंगालले सहकारी अभियानमा खाता लगाउनेहरुबाटै समस्या देखिएको बताए । ‘महासंघ आफ्नै पारामा चल्ने अनि नेफ्स्कून आफ्नै पाराले चल्ने तर, वास्तविका समस्याको बारेमा नवोल्ने प्रवृति छ’, उनले भने, ‘सहकारी अभियान्ता एक जुट भएर आवश्यक कुराहरुमा जोड दिने हो भने समस्याको समाधान हुन्छ ।’ सहकारीका सञ्चालक आफूले लिएको ऋण, आफन्तलाई दिएको ऋण र आफूले हस्ताक्षर गरेर दिएको ऋण मात्र फिर्ता गर्ने हो भने कुनै पनि सहकारीमा समस्या नआउने उनको भनाई थियो ।



Leave a comment