हाइलाइट

सानाकिसान कृषि सहकारी सलाङमा ६७ प्रतिशत ऋणी सदस्य

सानाकिसान कृषि सहकारी सलाङमा ६७ प्रतिशत ऋणी सदस्य :: Sahakari Akhabar

काठमाडौं । धादिङको सलाङमा रहेको सानाकिसान कृषि सहकारी संस्थाले असार मसान्तसम्मको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार संस्थाका कूल सदस्यमध्ये ६६.७२ प्रतिशतले ऋण उपभोग गरेको जनाइएको छ । संस्थाका १ हजार ७३१ जना सदस्य रहेका छन् भने १ हजार १५५ जना ऋणी सदस्य तथा संस्थामा ३०८ समुह रहेको जनाइएको छ ।

संस्थामा ३ करोड ५५ लाख ६१ हजार ११५ रुपैया जगेडा कोष तथा १ करोड ३१ लाख ५ हजार ५२४ रुपैयाँ अन्य कोष रहेको छ । त्यसैगरी संस्थासंग २३.४८ प्रतिशत अर्थात ५ करोड ९१ लाख ९९ हजार ४७४ रुपैयाँ तरलता रहेको जनाएको छ ।

संस्थामा ३ करोड ७५ लाख ४१ हजार ७०० रुपैयाँ शेयर पूँजी, २५ करोड २० लाख ३९ हजार ६३३ रुपैया बचत रहेको जनाएको छ । संस्थाको ४८ करोड १६ लाख १२ हजार ४ रुपैया सदस्यलाई लगानी रहेको जनाएको छ।

संस्थामा ५९ करोड २२ लाख ६१ हजार ११५ रुपैयाँ कूल सम्पति तथा ६ करोड ५५ लाख १२ हजार ९८० रुपैयाँ कूल संस्थागत पूँजी रहेको संस्थाका प्रवन्धक गोपाल सिलवालले जानकारी दिएका छन् । संस्था किसानलाई वित्तीय सेवा मात्र दिनमा सिमित छैन ।

संस्थाले सहुलियत दरको वित्तीय सेवाका साथसाथै किसानलाई आवश्यक सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । वित्तीय सेवामा पनि संस्थाको ७० प्रतिशत ऋण कृषिमा लगानी भएको छ । ३० प्रतिशत मात्र गैरकृषिमा लगानी भएको छ ।

संस्थाले धादिङको सलाङ र बुङचुङमा सहकारी पसल मार्फत आफ्ना सदस्यहरुलाई आवश्यक सम्पूर्ण सेवा दिदै आएको छ । सहकारी पसलमार्फत सदस्यलाई आवश्यक पर्ने मल, बिउ, विषादी, कृषि औजार सहूलियत दरमा उपलब्ध गराउदै आएको छ ।

संघिय सरकार, प्रदेश सरकारका साथै साना किसान लघुवित्त वित्तीय संस्थाबाट ल्याएको सहूलियत ऋणबाट सदस्यलाई वित्तीय पहुँच पुर्याएको छ । यसैगरी संस्थाले व्यवसायीक कृषिका तालिम संचालन गरी किसानलाई व्यवसायीक बनाउन सहयोग गर्ने काम गरेको छ ।



Leave a comment