दोलखा । मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले भविश्यका संचालकहरुलाई तालिम दिएको छ । संस्थाले भविश्यका संचालकको क्षमता विकासको लागि दुई दिवसीय तालीम सम्पन्न गरेको हो ।
संस्थाका उपाध्यक्ष सरुणा बस्नेत (श्रेष्ठ) को अध्यक्षता तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का सञ्चालक एवं बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कून) का महासचिव जिवसराज खड्काको प्रमुख अतित्थ्यता रहेको थियो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष रामदास श्रेष्ठले एसियास्तरमा पहिचान बनाउन सफल संस्थाले भावि समयमा तालिममा सहभागिहरुको प्रभावकारी नेतृत्वको लागि शुभकामना ब्यक्त गरेका थिए ।
तालीममा १८ जना सदस्यको सहभागिता रहेको थियो । तालीम समापन कार्यक्रम संस्थाका अध्यक्ष नारायणबहादुर श्रेष्ठको अध्यक्षता तथा भीमेश्वर नगरपालीकाका प्रमुख ईश्वरनारायण मानन्धरको प्रमुख आतित्थ्यता रहेको थियो । तालीमको सहजीकरण नेफ्स्कूनका तालीम अधिकृत कोमलराज अधिकारीले गरेका थिए ।
संस्थाले यस प्रकारको तालिम पाँच पटक आयोजना गरको छ भने एक सय उनान्चालीस जना शेयर सदस्यहरुलाई यो तालीम प्रदान गरीसकेको संस्थाका प्रमुख कार्यकारी अधिकृत इश्वर न्यौपानेले जानकारी दिए ।
संस्थाले प्रत्येक दुई बर्षमा तालिम दिने गरी संस्थाको पुनर्लिखित बिनियम २०७९ मा ब्यवस्था गरेको जनाए । कार्यक्रममा संस्थाका सचिव ठाकुरप्रसाद पाठकले स्वागत गर्दै तालिमको उद्देश्यबारे जानकारी दिएका थिए ।
Leave a comment