हाइलाइट

सहकारी बैंकको स्थापना दिवसमा संघसंस्था र ब्यक्तिलाई सम्मान

सहकारी बैंकको स्थापना दिवसमा संघसंस्था र ब्यक्तिलाई सम्मान :: Sahakari Akhabar

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्नो २१ औं स्थापना दिवस तथा कारोबार शुभारम्भ दिवस शुक्रबार विविध कार्यक्रमका साथ मनाएको छ । सेही अवसरमा गत पुसमा सम्पन्न १९ औं वार्षिक साधारण सभामा घोषणा भएका व्यक्ति तथा संस्थाका विभिन्न विधाका पुरस्कार तथा सम्मान वितरण गरेको छ ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल र बैंकका अध्यक्ष के.बी.उप्रेतीले सम्मानित व्यक्ति र पुरस्कृत संस्थाका पदाधिकारीहरूलाई प्रशंसा पत्र सहित पुरस्कार प्रदान गरेका थिए । सम्मानित तथा पुरस्कृत हुने व्यक्तिहरूमा बैंक व्यवस्थापन तर्फ उत्कृष्ट कर्मचारी धु्रव तामाङ, अमृत कुमार जोशी, प्रवीणकुमार आर्चाय र सहकारी बैंकको उत्कृठ शाखा बुटवल शाखालाई सम्मान गरेकोे छ ।

त्यसैगरी राष्ट्रिय सहकारी बैंक पत्रकारिता पुरस्कार विधामा विकास न्युज डटकममा कार्यरत पत्रकार सन्तोष रोकाया, सहकारी बैंक विद्वता पुरस्कारबाट डाक्टर दीपबहादुर रावल र सहकारी बैंकका पूर्व सञ्चालकबाट विजयराज घिमिरे सम्मानित भएका छन् ।

त्यसैगरी बागमती प्रदेश तर्फ उत्कृष्ट हुने बचत तथा ऋण व्यवसायमा बनेपामा रहेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था र बचत तथा ऋण बाहेकको व्यवसाय गर्ने दोलखामा रहेको जनहित बहुउद्देश्यीय सहकारी संस्था पुरस्कृत भएका हुन ।

त्यसैगरी राष्ट्रिय स्तरको उत्कृष्ट सदस्य संस्था तर्फ कञ्चनपुरको उदयदेव बहुउद्देश्यीय सहकारी पुरस्कृत भएको छ । यस्तै बैंकको शाखा स्तरमा उत्कृष्ट र नियमित कारोबार गर्ने बैंकको उपत्यका भित्रका शाखाको र दोलखा र नुवाकोट शाखाका ४६ वटा सहकारी संस्थालाई पुरस्कृत गरिएको छ ।

त्यसैगरी ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बैंकले आयोजना गरेको सहकारीमा वित्तीय साक्षरता सम्बन्धी निबन्ध प्रतियोगितामा तृतीय र सान्त्वना हुने मंगलोदय माध्यमिक विद्यालय इमाखेल थानकोटका आनन्द महतो र जेशिका श्रेष्ठलाई पुरस्कृ गरिएको छ । कार्यक्रममा उत्कृष्ट व्यवस्थापन सम्बन्धी सफलताको अनुभव आदान–प्रदान भएको छ ।

सहकारी व्यवस्थापनमा सफल रहेका विकु बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत माधव पौडेल, मेचि बहुउद्देश्यीय सहकारीका प्रमुख कार्यकारी अधिकृत खेमप्रसाद बगाले, चन्द्रगिरी बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ र कल्याणकारी बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत कुमार खत्रिले सफल सहकारी व्यवस्थापनको लागि आ–आफ्नो अनुभव आदान–प्रदान गरेका थिए । बैंकको उपत्यका बाहेकका सम्पूर्ण शाखा कार्यालयहरुमा २१ औं स्थापना दिवसको अवसरमा छलफल तथा अन्र्तक्रिया गरि दिवस मनाइएको बैंकले जनाएको छ ।



Leave a comment