हाइलाइट

आइडियल सहकारी २५ औं वर्षमा, २५ कार्यक्रम अभियान संचालन गर्ने

आइडियल सहकारी २५ औं वर्षमा, २५ कार्यक्रम अभियान संचालन गर्ने :: Sahakari Akhabar

राजबिराज । सप्तरीको आइडियल सहकारी २५ वर्षमा प्रवेश गरेको अवसरमा रजत जयन्ती सहित स्थापना दिवस मनाइएको छ । संस्था २५ औ बर्ष प्रवेश गरेको अवसरमा २५ कार्यक्रम अभियान संचालन गर्ने भएको हो।

संस्थाले चालु आर्थिक बर्षमा जलवायु परिवर्तन, रक्तदान, युवाका लागि विशेष कार्यक्रम, खेलकुद, संचार क्षेत्रको बिकास, स्वास्थ शिविर, मैथली भाषा साहित्यको बिकासमुलक कार्यक्रम, सचेतनामूलक कार्यक्रम जस्ता समुदायलाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रम संचालन गर्ने संस्थाका अध्यक्ष गणेश आशले जानकारी दिए ।

शुक्रवार संस्थाले सेवाको २५ औ वर्षमा प्रवेशको अवसरमा केक काटेर दिवस मनाएको हो । कार्यक्रममा राष्ट्रिय सभा सदस्य शेखर कुमार सिँह र संस्थाका अध्यक्ष आशले संयुक्त रूपमा केक काटेका थिए । अध्यक्ष आशले आर्थिक बर्ष ०७९ / ८० को प्रतिवेदन प्रस्तुत गर्दै ४ करोड ३५ लाख ७१ हजार ७ सय ११ रुपैयाँ खुद मुनाफा गरेको बताए ।

उनले कुल ११ करोड ३० लाख ४ सय शेयर पूँजी रहेको ८५ करोड ९० लाख ३८ हजार ७ सय ७८ रुपैयाँ ८५ पैसा निक्षेप संकलन गरेको जानकारी दिए । यसैगरी संस्थाले १ हजार २ सय ८३ जनालाई कुल ८१ करोड ३६ लाख ७९ हजार ८ सय ५८ रुपैयाँ ऋण लगानी गरेको र कुल १ अर्ब २० करोड ३९ लाख ४५ हजार ७ सय २९ रुपैयाँ रहेको बताए ।

अध्यक्ष आशले ६० वर्ष माथिका जेष्ठ सदस्यहरूलाई ध्यानमा राखी न्यूनतम मौज्दात १ लाखभन्दा बढी बचत रकम पुगेका सदस्यहरूलाई निशुल्क तीर्थाटन गराउने ब्यवस्था गरेको बताए । नारी बचत खातामा न्यूनतम मौज्दात ५० हजार कायम गरेमा १ लाख बराबरको दुर्घटना बिमा गर्ने तथा साउन र तिजको अवसरमा निशुल्क मेहन्दी लगाईदिने कार्यक्रम संचालन गर्ने जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य शेखर कुमार सिँह, मधेश प्रदेश सभा सदस्य सतिश सिँह, राजबिराज नगरपालिका कावा नगरप्रमुख ईसरत प्रविण, गैसस महासँघका केन्द्रीय उपाध्यक्ष ध्रुव देव,समाजसेवी ई. इन्द्रनारायण देव, पुर्व नगरप्रमुख शैलेश चौधरी, सहकारी बैंक संचालक बिश्वनाथ मण्डल, आईडियल सहकारीका ब्यबस्थापक बिनोद साफीलगायतले शुभकामना मन्तब्य राखेका थिए ।



Leave a comment