हाइलाइट

१८ सहकारीलाई रतुवामाई नगरपालिकाको उर्दी ( नामावली सहित )

१८ सहकारीलाई रतुवामाई नगरपालिकाको उर्दी ( नामावली सहित ) :: Sahakari Akhabar

चीना थापा, विराटनगर । मोरङको रतुवामाई नगरपालिकाकाले कोपोमिसमा आवद्ध नभएका तथा मासिक तथा बार्षिक विवरण नबुझाएका सहकारीलाई सम्पर्कमा आउन आग्रह गरेको छ । नगरपालिकाले मंगलबार सूचना जारी गरी सो आग्रह गरेको हो । निमित्त प्रमुख प्रसाशकीय अधिकृत हरिहर घिमिरेले जारी गरेको सूचनामा १८ वटा सहकारीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरिएको छ ।

संस्थाको पान दर्ता प्रमाणपत्रको प्रतिलिपि, संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, आर्थिक बर्ष २०७८ / ७९ को स्वतन्त्र लेखा परिक्षण प्रतिवेदन, आर्थिक बर्ष २०७८ / ७९ को करचुक्ता प्रमाणपत्र, पछिल्लो साधारण सभाको उपस्थिति तथा निर्णयको प्रतिलिपि र संस्थाको बैंक खाताको विवरण बुझाउन भनिएको छ । नगरपालिकाले सबै वडा कार्यालयहरुलाई सम्वन्धित सहकारी संस्था चालु अवस्थामा रहे नरहेको बुझी पठाउन पनि आग्रह गरेको छ ।

नगरपालिकाले सहकारी संस्थाका संस्थापक अध्यक्षको नाम सहित सम्पर्कमा नआएका सहकारीहरु सार्वजनिक गरेको हो । पछिल्लो समयमा सहकारीहरुमा देखिएका समस्याका कारण पनि नियमन निकायहरु सक्रिय बनेका छन् ।

संघियता लागूभएसँगै तीन तहको सरकारले सहकारीलाई नियमन गरिरहेका छन् । तर, पनि सहकारीहरु प्राथमिकतामा परिरहेका छैनन् । नियमन निकायहरुमध्ये सबैभन्दा कमजोर देखिएको स्थानीय तह पछिल्लो समयमा भने काम गरिरहेका छन् । नगरपालिकाले कोपोमिस आवद्ध गराउने उदेश्यले कोपोमिस सफ्टवयर नलिनेहरुलाई लिन र सहकारी प्रभावकारी रुपमा सञ्चालन गर्ने उदेश्यले सूचना निकालिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिका आफैले पहिलो पटक दर्ता गरेको माता अन्नपूर्ण कृषि सहकारी पनि दर्ता पश्चात सम्पर्कमा नआएको नगरपालिकाका सहकारी शाखाका महेन्द्र ठाकुरले जानकारी दिए । कार्वाही भन्दा पनि  राम्रो गर्नेलाई प्रोत्साहन गर्ने उदेश्यले काम अगाडि बढाएको उनले बताए । रतुवामाई नगरपालिकाको कार्यक्षेत्रभित्र ५० वटा हाराहारीमा सहकारी रहेको उनको भनाई छ । मासिक विवरण नबुझाउने सहकारीलाई २ सय जरिवानाको व्यवस्था गरिएको पनि ठाकुरले जानकारी दिए ।

उर्दी गरेका सहकारीहरु

१. बरडङ्गा तरकारी तथा फलफूल उत्पादन सहकारी संस्था लि. रतुवामाई १
२. डोली कृषि सहकारी संस्था लि. रतुवामाई १
३. पर्वत बचत तथा ऋण सहकारी संस्था लि. रतुवामाई १
४. मिलाप लघुउद्यमी कृषि सहकारी संस्था लि. रतुवामाई १
५. सम्मिलित विउ उत्पादन कृषि सहकारी संस्था लि. रतुवामाई २
६. अपार कृषि सहकारी संस्था लि. रतुवामाई ३
७. महादेवा महिला बचत तथा ऋण सहकारी संस्था रतुवामाई ३
८. उजेली महिला बचत तथा ऋण सहकारी संस्था, रतुवामाइ ४
९. विपन्न कृषि सहकारी संस्था लि. रतुवामाई ४
१०. नविन बचत तथा ऋण सहकारी संस्था लि, रतुवामाई ५
११. बाल्मिकी बचत तथा ऋण सहकारी संस्था लि., रतुवामाई ५
१२. ध्रुवतारा बचत तथा ऋण सहकारी संस्था लि., रतुवामाई ६
१३. सहकारी संस्था लि. रतुवामाई ६ सौठा
१४. माता अन्नपूर्ण कृषि सहकारी संस्था लि., रतुवामाई ७
१५. समानता समृद्धि बहुउदेश्यीय सहकारी संस्था लि., रतुवामाई ७
१६. पुनर्नवा जडिबुटी उत्पादन तथा प्रशोधन सहकारी संस्था लि., रतुवामाई ८
१७. काबेली सम्बृद्धि बहुउदेश्यीय सहकारी संस्था लि, रतुवामाई ९ 
१८. मैलीबारी बचत तथा ऋण सहकारी संस्था लि. रतुवामाई १०



Leave a comment